‘सालको पातको टपरी हुने हे बरै सल्लैको नहुने…’ गीतले यति बेला धेरैको मन जितेको छ । युट्युबबाट सार्वजनिक भएको गीत आजकाल हरेक समारोह तथा भोजभतेरमा घन्किने गरेको छ । नाच्न उपयुक्त मानिएको यो गीतले युट्युबमा पनि उधुम मच्चाएको छ ।युट्युबमा सबैभन्दा बढी हेरिएको लोक दोहोरी गीतको रेकर्ड यसले राखेको छ ।
गीतलाई सात महिनामा युट्युबमा ३९,३८५,४२२ पटक हेरिएको छ । नेपाली लोक दोहोरी गीतको इतिहासमै युट्युबमा यो गीतले नयाँ रेकर्ड बनाएको हो ।गीतमा वसन्त थापाको संगीत, कुलेन्द्र विक र विष्णु माझीको स्वर रहेको छ । भिडियो हेर्नुहोस
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0