काठमाडौ । बिहेको २० वर्षसम्म अनेकौं उपचार, धर्मकर्म, पूजापाठ गरेपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरीको दुर्घटनामा मृत्यु भएपछि ती आमाको अवस्था कस्तो होला ? भारतको इन्दौरमा दिल्ली पब्लिक स्कुलमा ३ कक्षामा पढ्ने श्रुती लुधियानीको मृत्यु भएपछि अस्पताल पुगेकी उनकी आमाले डाक्टरहरुलाई छोरीको पोष्टमार्टम नै नगर्न अनुरोध गरिन् ।२० वर्षको प्रयासपछि जन्मिएकी एक्ली छोरीको मृत्युले पूरै परिवार शोकमग्न छ । दुर्घटनामा श्रुतीसहित बस चालक र अन्य ३ बालबालिका गरी ५ जनाको मृत्यु भएको थियो ।शुक्रबार स्कुल विदा भएपछि बालबालिका लिएर घर छोड्न हिँडेको बस ट्रकसँग ठोक्किँदा अन्य बालबालिका घाइते छन् । यीमध्ये दुईको अवस्था निकै गम्भीर रहेको बताइएको छ । झनै डरलाग्दो बन्दैछ मौसम : सचेत रहन भन्दै पूर्वानुमान महाशाखाद्धारा यस्तो सूचना जारी
काठमाडौ । काठमााडौ सहित देशभरिकै मौसम अहिले बदली भई केही ठाउँमा मेग गर्ज सहित वर्षा भइरहेको छ । पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली अहिले उपत्यकासहित मध्य क्षेत्रमा धेरै देखिएको छ । यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ । उहाँका अनुसार आज दिनभरी नै हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ ।
Views: 0