सिड्नीको सडकमा नेपाली र अष्ट्रेलियन विद्यार्थीको ‘ग्याङ फाइट’ एक नेपाली हस्पिटल, अर्को जेलमा

२०७५ चैत्र २४, आईतवार १०:१२ गते २०७५ चैत्र २४, आईतवार १०:१२ गते २०७५ चैत्र २४, आईतवार १०:१२ गते

सिड्नी, विद्यार्थीको संख्या ह्वात्तै बढेदेखि अस्ट्रेलियाका मुख्य सहर सिड्नी वरपर नेपाली विद्यार्थीहरूका घटना समाचारका हेडलाइन्स बन्न थालेका छन्।अज्ञानता र असावधानीका कारण दुर्घटनाहरू घट्ने क्रम बढिरहेको बेला झैझगडाका खबरले पनि प्राथमिकता पाउन थालेका छन्।

सोमबार मध्यराति सिड्नीको मुख्य सहर टाउन हलमा दुई नेपाली विद्यार्थी दुई अस्ट्रेलियनसँग झगडा खेल्न थालेपछि यहाँको लोकप्रिय नाइन न्युजले केहीबेर त्यसलाई मुख्य समाचार नै बनायो ।नेपाली विद्यार्थी बाटो काट्ने क्रममा स्थानीय दाजुभाइसँग झगडामा सामेल हुँदा एक जना नेपाली विद्यार्थीलाई गम्भीर चोट लागि हस्पिटलमा भर्ना भएका छन् भने अर्का एक नेपाली विद्यार्थी प्रहरी हिरासतमा पुगेका छन्।

मध्यरातमा बाटो काट्ने क्रममा भनाभन र त्यसपछि हात हालाहालको अवस्थामा पुगेपछि नेपाली विद्यार्थी अनिश शाहीलाई अस्ट्रेलियन स्कुडर दाजुभाइले टाउकोमा मुक्का हान्दा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै रगतसमेत जमेको नाइन न्युजले जनाएको छ ।स्कुडर दाजुभाइले आफ्नो साथी अनिशलाई आक्रमण गरेपछि उनका साथी मारक लिम्बूले चक्कुले स्कुडर दाजुलाई प्रहार गरेका थिए।घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारको लागि र झगडालुहरूलाई प्रहरी थाना लगेको थियो। घटनापछि स्कुडर दाजुभाइ जमानतमा रिहा भएका छन् भने नेपाली विद्यार्थी लिम्बू भने हिरासतमै रहेको एनएसडब्लु प्रहरीले जनाएको छ।उनलाई धारिलो हतियार प्रयोग गरी ज्यान लिने प्रयास गरेको भन्दै स्कुडर दाजुभाइले उजुरी दिएका छन्।

उज्वल भविष्यको खोजीमा अस्ट्रेलियामा उच्च अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरू यसरी झैझगडामा सामेल हुन थालेपछि यसले नकारात्मक सन्देश दिन थालेको छ।यसअघि पनि जिएनसी फुटबलको दौरान नेपाली विद्यार्थीहरू एक आपसमै कुटाकुटमा उत्रिएका थिए। कसैले प्रहरीमा उजुरी नगरेका कारण घटनाले ठूलो रूप भने लिएन।यहाँको कानुनी प्रावधानलाई नजिकबाट ननियालेका कारण पनि नेपाली विद्यार्थीहरू नेपालझै ठानेर झैझगडामा सामेल हुन पुग्छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *