अमेरिकामा गर्ने दुःख आफ्नै देशमा गएर गर : डोनाल्ड ट्रम्प

२०७५ चैत्र २४, आईतवार १०:४३ गते २०७५ चैत्र २४, आईतवार १०:४३ गते २०७५ चैत्र २४, आईतवार १०:४३ गते

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रवारीहरुलाई अमेरिकामा गर्ने दुःख आफ्नै देशमा गर्न सुझाव दिएका छन्। उनले भनेका छन्, ‘हाम्रो प्रणाली पूर्ण छ, हामी अब तपाईंहरुलाई लिन सक्दैनौं, हाम्रो देश भरिएको छ । त्यसैले फर्किनुहोस् ।’उनले सन् २०२० मा हुने राष्ट्रपतीय चुनावको अभियानमा मेक्सिको–अमेरिका सीमाले ठूलो भूमिका खेल्ने विश्वास पनि गरेका छन्। सीमापारिबाट आउने व्यक्तिहरुमाथि दुव्र्यवहार हुन्छ, जसलाई विपक्षी पार्टीका नेताले आलोचना गर्दै आइरहेका छन् । तर, ठूलो संख्यामा अवैध रुपमा घुसपैठ गर्नुलाई ट्रम्प राष्ट्रिय आपतकाल मान्छन् ।

यसै क्रममा झण्डै २ सय व्यक्तिहरुले प्रदर्शन गरिरहेका थिए । उनीहरुले हातमा अमेरिका र मेक्सिकोको झण्डा लिएका थिए र उनीहरु भनिरहेका थिए, ‘परिवारलाई अलग गर्न बन्द गर, यदि पर्खाल लगाइयो भने हाम्रा पिँढीले भत्काउने छन् ।’तर, अमेरिकी सीमाको अर्को भागमा जम्मा भएका दर्जनौं व्यक्तिहरु भने ट्रम्पको समर्थन गर्दै भनिरहेका थिए, ‘पर्खाल बनाऊ ।’वासिङ्टन जानुअघि ट्रम्पले आफ्नो पछिल्लो चेतावनीले मेक्सिकोका अधिकारीहरुलाई मनाउन सफल भएको बताएका थिए । जसका कारण उनले उत्तरतर्फ जाने प्रवासीहरुलाई रोकेका छन् ।

यद्यपि राष्ट्रपति ट्रम्पले सीमा बन्द गरेर केही नहुने संकेत पनि दिइसकेका छन् । उनले चेतावनी दिँदै भनेका छन् कि यदि प्रवासी र लागुऔषधको तस्करी नरोकिए मेक्सिकोलाई अटो आयातमा २५ प्रतिशत शुल्क लगाइनेछ ।यसअघि ट्रम्पले अवैधरुपमा अमेरिका छिर्ने प्रवासीलाई रोक्नका लागि सीमा बन्द गर्ने चेतावनी दिँदै आएका थिए तर अहिले उनी शुल्क बढाउने चेतावनी दिन थालेका छन् । अमेरिकी रक्षा विभाग पेन्टागनले अमेरिका–मेक्सिको सीमानामा पर्खाल लगाउनका लागि १ अर्ब अमेरिकी डलर जारी गरेको थियो ।

यो पनि पढ्नुहोस
यस्ता खराब बानिका कारण किड्नी फेल हुनसक्छन् जानिराखाै
हाम्रो शरिरको एक महत्व अङ्ग हो किड्नी । हामीले यसलाई के गर्दा स्वास्थ रहन्छ भन्ने कुरामा बढी ध्यान दिनु पर्छ । जुन खानपिनले किड्नीलाई असर गर्छ त्यो खानेकुरा खानु हुदैन ।

यस्ता छन् किड्नी फेल हुनुका मुख्य कारण

पानी थोरै वा धेरै पिउनु

दैनिक ८–१० गिलास पानी पिउनुपर्छ । यो भन्दा कम पानी पिउनुले शरिरमा जम्मा भएको टाक्सिस किड्नी फंक्सनमा नराम्रो असर पार्छ । पानी धेरै पिउनाले पनि किड्नीलाई धेरै असर पर्ने गर्छ ।

धेरै खाना खानु

सामान्य मानिसभन्दा मोटो मानिसहरुको किड्नी खराब हुने सम्भावना ज्यादा हुन्छ । धेरै खाना खाँदा तौल छिटो बढ्छ । यसकारण धेरै खाना खानु राम्रो मानिदैन ।

पुर्ण निन्द्रा नलिनु

पढाइको समयमा दैनिक मानिस ७–८ धण्टा पनि सुत्दैन जसका कारण हाई ब्लड प्रेशर हुने सम्भावना बढेर जान्छ । यसमा किड्नी डिजिजको आशंका पनि बढेर जाने गर्छ ।

पिसाब रोकेर बस्नु

हामी समयमा काम सक्छौ भनेर लामो समय पिसाब रोकेर बस्ने गर्छौ । यसको सोझो असर किड्नीमा पर्ने गर्छ । किड्नीमा व्याकटेरिया कारण इन्फेक्सन समेत हुनसक्छ ।

चुरोट सेवन गर्ने बानी

चुरोट सेवन गर्नाले टाक्सिंस जम्मा हुनेगर्छ । यसले किड्नीलाई ड्यामेज गर्ने काम गर्छ । चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नीड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।

ज्यादा ननभेज खाना
मासुमा पर्याप्तमात्रामा प्रोटिन हुने गर्छ । ज्यादा मात्रामा प्रोटिन डाइट लिने गर्दा किड्नीमा मेटाबोलिक लोड बढ्न जान्छ । जसका कारण किड्नीमा स्टोनको समस्या देखिन सक्छ ।

रक्सी पिउनु
ज्यादा मात्रामा रक्सी पिउनाले किड्नीमा समस्या देखापर्छ । यसले लिभरमा पनि नोक्सान पुर्याउने काम गर्छ । धेरै मात्रामा कोल्ड ड्रिंक पिउनु पनि किड्नीको लागि राम्रो मानिदैन ।जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।

धेरै नुनिलो खानेकुरा खानु
धेरै नुनिलो खानेकुरा खानाले किड्नीमा समस्या पैदा गर्नसक्छ । यसले ब्लड प्रेसर समेत बढाउने काम गर्छ । जसका कारण किड्नीमा नराम्रो असर पुग्न जान्छ ।

धेरै औषधीको प्रयोग
धेरै औषधी सेवन गर्ने बानीका कारण किड्नी फेल हुनेगर्छ ।

धेरै नसुत्ने
दिनमा ७ देखि ८ घण्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।

चिसो सर्दी
चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *