श्रीमान कोरिया भएको मौका छोपि अर्काकी श्रीमतीसँग नौ महिना लिभिङ टुगेदर, त्यसपछि चक्कु प्रहार गरि हत्या

२०७५ चैत्र २४, आईतवार १२:४० गते २०७५ चैत्र २४, आईतवार १२:४० गते २०७५ चैत्र २४, आईतवार १२:४० गते

काठमाडौँ – इटहरीमा एक महिलाको हत्या भएको छ । इटहरीमा सोमबार साँझ ३५ वर्षकी सोनिया राईको हत्या भएको हो ।उनको हत्या प्रेमी लालबहादुर राईले गरेको खुल्न आएको छ। प्रहरीका अनुसार एउटै कोठामा बस्दै आएका सोनियाका प्रेमी लालबहादुर राईले हत्या गरेको खुलेको हो। प्रहरीले पक्राउ परेका सोलुखुम्बुका ३६ वर्षीय लालबहादुरलाई अनुसन्धान गर्ने क्रममा दुई बीच प्रेम सम्बन्ध रहेको र लगभग ९ महिना देखि इटहरी उपमहानगरपालिका–४ माङहिङमा लिभिङ टुगेदरमा रहेको खुल्न आएको हो।

सोनियाका पति हाल वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा छन्।वैदेशिक रोजगारमा हुँदा देखिनै लालबहादुरको सोनियासँग प्रेम रहेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विदेशबाट लालबहादुर फर्केपछि यी दुई सँगै बस्न थालेका र विदेश हुँदा देखिनै लालबहादुरले पैसा पठाइदिने गरेको बताइएको छ । प्रहरीले लेनदेनको विषयमा विवाद हुँदा सोनियाको हत्या भएको जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *