के तपाई पहिलो पटक बिकिनी वाक्स (गुप्तांगका रौँ हटाउने) गर्ने बारेमा सोँच्नुभएको छ ? महिलाहरु आफ्नो सुन्दर शरिर र हाइजिन स्टान्डर्ड मेन्टेनको लागि बिकिनी भ्याक्स पनि गर्ने गर्छन् । आजको दिनहरुमा बिकिनी वाक्स एक स्टान्डर्ड बनेको छ ।
प्यूबिक एरिया थोरै संवेदनशिल हुन्छ । महिलाहरु यसकारण यहाँका रौँ हटाउनको लागि जानकारहरुको सहयोग लिने गर्छन् । यदि तपाई पनि भ्याक्सिन भर्जिन हुनुहुन्छ वा अहिलेसम्म तपाईले प्यूबिक वाक्स गराउनुभएको छैन तर गर्ने इच्छा छ भने यसमा कुनै शंका छैन की तपाईमा कुनै लाज रहेको छ । यस्तो अवस्थामा तपाईलाई निम्न कुराको ख्याल हुनु आवश्यक छ ।
नलजाउनुहोस्
सबैलाई सुरुमा लाज लाग्छ । तर एउटा कुरा ख्याल गर्नुहोस्, ब्यूटी थेरापिस्टलाई यो कुरा नयाँ लाग्दैन । उनीहरुका लागि यी सबै कुरा नयाँ हुँदैन । यसकारण बिकिनी वाक्स गराउनको लागि तपाईं आफ्नो थेरापिस्टसँग सहज हुनुहोस् ।
पुरै जानकारी लिनुहोस्
बिकिनी भ्याक्स कैयौँ प्रकारका हुन्छन् । यसो गर्नुपहिले तपाईले पुर्ण रुपमा जानकारी लिनुहोस् कि आफ्नो वृद्धिको हिसाबले कुन प्याकेज अपनाउने । यी कैयौ स्टाइल तथा आकारका हुन्छन् । जसलाई विशेष व्यक्तिबाट नै छनोट गर्न सकिन्छ । ब्राजिलियन बिकिनी वाक्समा बीचमा कपालको लाइन राखिन्छ । बाँकी सबैलाई हटाइन्छ । हलिउड प्रकारमा सबै रौँलाई हटाइन्छ । हाई बिकिनी वा स्ट्रींग वाक्समा भिन्न आकारमा भ्याक्स गरिन्छ ।
आरामदायी होस्
यस समय तपाईको थेरापिस्ट तपाईलाई बेडमा सुत्न वा पल्टिन भन्न सक्छन् । यदि तपाई यस समय आफ्नो पेन्टिलाई निकाल्न मन लागेन भने ननिकाल्नुहोस् । कुनै मानिसहरु यसै गर्छन् । यसपछि उनीहरु आवश्यक प्रकिया गर्न सुरु गर्छन् ।
तपाईं चाहेमा रोक्न सक्नुहुन्छ
यदि तपाई कुनै स्पेशल वाक्सको प्रकार जस्तै हलिउड वा ब्राजिलियन चुन्नुहुन्छ भने तपाईले पेन्ट निकाल्नुपर्छ । यो सैलुन वा सेन्टरमा पनि निर्भर गर्छ की उनीहरु कुन प्रकारको विधिको प्रयोग गर्छन् । यदि तपाईंलाई असहज महशुस भयो भने तत्काल रोक्नुहोस् ।
खुट्टाको दिशा बदल्नको लागि
थेरापिस्ट तपाईलाई खुट्टालाई अलग तरिकाले राख्न भन्न सक्छन् । कैयौँ पटक एक खुट्टालाई एक घुँडाको माथि राखिदिन्छन् । ताकि गुप्ताङ्गको वरपरको सबै भागलाई देख्न सकियोस् र त्यसलाई हटाउन सकियोस् । यस समय स्किनलाई प्रोटेक्ट गर्ने पनि कैयौँ उपाय छन् । ताकि स्किनलाई भ्याक्सको तापबाट बचाउन सकियोस् ।
महत्वपुर्ण कुरा
हातमा पन्जा लगाएर हट वाक्सलाई तपाईको गुप्तांगको थोरै ठाँउमा राखिन्छ । यसपछि कपडा वा मुस्लिनलाई त्यहाँ राखिन्छ । अनि केहि सेकेण्डको लागि दबाएर राखिन्छ ।
तपाईको गुप्ताङ्गलाई पनि छुन सक्छन्
यसपछि थेरापिस्ट तपाईको गुप्ताङ्गसम्म पनि पुग्न सक्छन् । तर तपाईको योनीलाई कुनै हानी पुर्याउँदैनन् । यद्यपी उनीहरु यी सबै अंगलाई स्पर्श गर्छन् ।
थोरै दुखाई हुन्छ
यी सबै प्रक्रियामा सबैलाई आफ्नो सहन क्षमताको हिसाबले दुखाईको महशुस हुन्छ । कैयौँ ठाँउमा तपाईंलाई अत्यधिक दुखाई हुन सक्छ, तपाई चिच्याउन पनि सक्नुहुन्छ । तर केहि समयमा सामान्य हुन्छ । यो दुखाई केहि सेकेण्डको हुन्छ । यदि तपाईले चाहानुभयो भने पेनकिलर लिन सक्नुहुन्छ ।
भ्याक्स भएपछि
पछि थेरापिस्ट एक पटक प्यूबिक एरियालाई राम्रोसँग हेर्छन् । सरसर्ती नियाल्छन् ताकि कुनै रौँ नछुटोस् । अन्त्यमा थेरापिस्टले एक क्रिम लगाइदिन्छन् । यसले थोरै आनन्द महशुस हुन्छ । यसपछि केहिबेर आराम गरेपछि तपाई लुगा लगाउन सक्नुहुन्छ ।
एक महिनाको राहत
तपाईको गुप्तांगमा अर्को एक महिनासम्म रौँ देखिँदैन । त्यसपछि तपाईंले फेरी वाक्स गर्नुपर्ने हुन्छ । यसपछि विस्तारै तपाईमा यस कुराको बानी पर्छ ।
Views: 0