अमला एक फाइदा अनेक : जान्नुहोस अचुक फाइदा र सबैको जानकारीको लागि सेयर गर्नुहोस।

२०७५ चैत्र २५, सोमबार १०:२७ गते २०७५ चैत्र २५, सोमबार १०:२७ गते २०७५ चैत्र २५, सोमबार १०:२७ गते

अमला भिटामिनले युक्त फल हो । जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ। दैनिक एउटा अमला खादा विभिन्न फाइदाहरु पुग्छन्–

मुटुको समस्या : यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।

तौल कमः अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

पाचन : अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।

कमजोरी : अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ।

अनुहारमा चमक : यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ।

राम्रो कपाल : यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ।

क्यान्सर : अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *