नेपाल-भारत सीमा २६ गतेदेखि बन्द: पुरा विविरण हेर्नुहोस।

२०७५ चैत्र २५, सोमबार १०:३५ गते २०७५ चैत्र २५, सोमबार १०:३५ गते २०७५ चैत्र २५, सोमबार १०:३५ गते

बैतडी – भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले उक्त निर्णय गरेको होे ।सीमाक्षेत्रमा हुने चुनावलाई शान्तिपूर्वक सम्पन्न गर्न, मानव बेचबिखन नियन्त्रण, वन्यजन्तु तथा वनस्पती पदार्थ चोरीशिकारी नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, लागुपदार्थ ओसारपसार रोकथाम, सीमा सुरक्षाका विषयमा सूचना आदानप्रदान गर्ने, सीमामा संयुक्त सुरक्षा गस्ती गर्ने गरिने सन्दर्भमा समेत उक्त बैठकमा छलफल भएको थियो ।यसका साथै भन्सारमा जाँच र नेपालीले भारतमा पाउँदै आएको पेन्सनलाई सहजरूपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *