जसले २५ वर्षदेखि घाँसपात खाएर बाँचिरहेका छन् ! यस्तो सम्म खान्छन, पुरा पढ्नुहोस।

२०७५ चैत्र २६, मंगलवार १०:२७ गते २०७५ चैत्र २६, मंगलवार १०:२७ गते २०७५ चैत्र २६, मंगलवार १०:२७ गते

पच्चिस बर्ष देखि घाँस मात्रै खाएर मान्छे बाँचेको छ भन्ने सुन्दा बकवास हो कि भन्ने पनि लाग्न पनि सक्छ । तर पाकिस्तानमा एक जना व्यक्तिको यस्तै आदतनै बनेको छ । ५० वर्ष कटिसकेका मेहमूद बट पछिल्लो २५ वर्षदेखि रुखका पात, घाँस तथा काठ खाएर बाँचिरहेकै मात्रै छैनन दुनियाँलाई चकित पनि पारिरहेका छन्।मेहमूदको यो बानी त्यसै लागेको भने होइन, २५ वर्षअघि गरिबीको कारण घरमा खाने अन्नको दाना र अरु खानेकुरा केही नहुँदा शुरुका दिनमा बाँच्नैका लागि उनले मिठो लाग्ने रुखका पात, घाँस तथा काठहरु खान थालेका थिए ।

केही समय त्यसरी खाईसकेपछि उनका लागि त्यो आदत नै बन्न पुगेको हो । शुरुका दिनमा चरम गरिबीका कारण घाँस खाएर छाक गुजारेका मेहमुदले पछिल्ला दिनमा सबैलाई चकित पार्दै आएका छन् ।सडकमा बसेर दुनियाँ संग मागेर खानु भन्दा घाँसपात खाएरै प्राण धान्नु आफुलाई उत्तम लागेकाले त्यसो गरेको उनी बताउँछन् । घाँसपात तथा काठले छाक गुजार्दै जाँदा उनको त्यसैमा लत बस्यो । पछि उनले केही कमाई गरे र हातमुख जोर्ने जोहो गर्नसक्ने भए । तर घाँसपात र काठ खाने उनको लत भने कसैले पनि छुटाउन सकेका छैनन ।

स्वस्थ देखिने उनी अहिले आफ्ना गधा गाडामा सामान ओसार्ने काम गर्छन र दिनमा ६ सय भन्दा बढी पाकिस्तानी रुपैयाँ कमाउँछन । तर उनको ध्यान मिठो मिठो खानेकुरा किनेर खानेमा भन्दा पनि कुन रुखमा राम्रा र कलिला पात पलाएका छन ? कुन रुखको काठ मिठो हुन्छ ? भन्नेमै गईरहेको हुन्छ ।स्थानीय बासिन्दाका अनुसार गधा गाडामा सामान ओसार्ने काम गरिरहँदा बाटोमा ठाउँठाउँमा गाडा रोकेर उनले रुखका पात तथा काठ टिपेर मुखमा बुजो लगाइरहन्छन । पहिलो पटक उनले घाँस र काठ खाएको देख्नेहरुलाई अचम्म लागेपनि उनलाई चिनेकाहरु भने यो बिषयलाई सामान्य ठान्दछन् ।जहिले देखि उनले काठ र पात खान थाले त्यसपछिका दिनमा कहिल्यै बिसन्चो नभएकापछि उनि अहिलेसम्म कुनै अस्पताल पनि जानु नपरेको बताउछन् ।
एजेन्सी /अनलाइनखबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *