बाराक ओबामाले “म फेरि गए मिसेलले नै मलाई छाडेर जान्छिन् ” भनेपछि (पुरा पढ्नुहोस)

२०७५ चैत्र २६, मंगलवार १९:१७ गते २०७५ चैत्र २६, मंगलवार १९:१७ गते २०७५ चैत्र २६, मंगलवार १९:१७ गते

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले केबल एउटै विषयलाई लिएर मात्र पत्नी मिसेलले आफूलाई छाडेर जान सक्ने बताएका छन् । जर्मनीको बर्लिनमा भएको एक सम्मेलनमा ३०० युवाहरुका अगाडि बोल्दै ओबामाले यस्तो भनेका हुन् ।ओबामा जोडीलाई विश्वकै सबैभन्दा उदाहरणीय मानिन्छ । यस्तोमा पुनः ह्वाइटहाउसमा फर्किनेबारे उनको के विचार छ भन्ने प्रश्न गर्दा उनले सबै दर्शकहरुलाई आफू कुनै राजनीतिक पार्टीको समर्थन गर्न नआएको र आफू पहिले नै अन्तिम राजनीतिक कार्यक्रममा सहभागी भइसकेको जनाएका हुन् ।

यसपछि थप जवाफ दिने क्रममा उनले यस्तो भने, “अब म फेरि पनि राजनीतिमा लड्न गएँ भने मिसेलले मलाई अवस्य छाडेर जानेछिन् ।”उनको सो जवाफको प्रतिक्रियामा उपस्थित सबै दर्शक जोडसँग हाँसिरहेका थिए तर ओबामाले भने गम्भीर भएर आफू अरु नै सामाजिक विषयमा आबद्ध रहने बताएका हुन् । यसरी बाराक मात्र नभएर पत्नी मिसेललाई पनि उनी राष्ट्रपतिमा लड्नेबारे बारम्बार प्रश्न गर्ने गरिएको छ ।

र, उनले पनि आफूलाई यसमा कुनै रुची नभएको र कहिल्यै पनि फेरि ह्वाइटहाउसमा फर्कन नचाहेको बताउने गरेकी छन् ।यसरी धेरै मानिसहरुले मिसेल र बाराक फेरि राजनीतिमा लाग्ने अपेक्षा गर्दै उत्साह व्यक्त गरिरहेपनि दुवैले स्पष्ट रुपमा आफूहरुको त्यस्तो कुनै योजना नरहेको बताउँदै आएका छन् । उनीहरुले अब केबल सामाजिक कार्यमा मात्र सक्रिय रहने बताएका हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *