महिलाले ७ जनासम्म बच्चा जन्माएको समाचार त केही अघि सुनिएकै थियो । तर यो पटकचाहिँ एउटी महिलाले सातजना बच्चा जन्माएको होइन, एउटा स्कुलमा सँगै काम गर्ने ७ जना शिक्षिकाहरु एकैपटक गर्भवती भएको खबर आएको छ ।अझ रोचक खबर त के छ भने यी सातजना महिलाले कूल मिलाएर ८ जना बच्चा जन्माउने छन् । अर्थात् एकजना शिक्षिकाको गर्भमा जुम्ल्याहा हुर्किरहेका छन् । अमेरिकाको घटना हो यो । कन्सासस्थित ओक स्ट्रीट प्राथमिक विद्यालयका सातजना शिक्षिकाहरु अहिले गर्भवती छन् । सातैजना शिक्षिकाहरु एकैपटक आमा बन्ने समाचारले गर्दा उक्त विद्यालयका सबैजना रोमाञ्चित नबन्ने कुरै भएन ।
स्कुलकी प्रधानाध्यापक एश्ले मिलरका अनुसार यसअघि सोही विद्यालयकाा दुईजना शिक्षिकाहरु गत अक्टोबरमा आमा बनेका थिए।अहिले थप ७ जना सहकर्मीहरु एकसाथ आमा बन्ने खबर आफू दंग भएको उनको भनाइ छ । उक्त विद्यालयमा कूल १४ जना महिला शिक्षकले पढाउँछन् । त्यसमध्ये पूरै आधा अहिले गर्भवती भएका हुन् । आगामी अक्टोबरसम्ममा सबैले बच्चा जन्माइसक्नेछन् ।यसरी सातैजना शिक्षिकाहरु सुत्केरी बिदामा बसेपछि पढाउने शिक्षिकाहरुको जोहो कसरी गर्ने भन्ने चिन्ता प्रधानाध्यापिकालाई परिसकेको छ । सुत्केरी शिक्षिकाहरु बिदामा बसेपछि बिदा अवधिसम्मका लागि अस्थायी रुपमा शिक्षिकाहरु भर्ना गरिने उनले बताएकी छिन् । एजेन्सीको सहयोगमा
१३ वर्षीय स्कुले बालकबाट २४ वर्षीय शिक्षिका गर्भवती
चैत २६ एजेन्सी । पुरुष शिक्षकले आफ्नै विद्यार्थीसँग प्रेम अनि विवाह समेत गरेको घटना बेलाबखत सुनिंदै आएको छ । तर, महिला शिक्षकको हकमा आफ्नै विद्यार्थीसँग यौन सम्बन्ध अनि गर्भवती हुनेसम्मको घटना सुनिएको छैन ।तर, अमेरिकामा गत वर्ष एक शिक्षिकामाथि १३ वर्षीय स्कुले बालकसँग यौन सम्बन्ध राखेको आरोपमा मुद्दा चल्योे उनै शिक्षिका अलेक्जेन्ड्रा बेरालाई अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । ह्युस्टनस्थित एक माध्यमिक स्कुलमा अंग्रेजी पढाउने ती शिक्षिका २४ वर्षको उमेरमा स्कुले बालकबाट गर्भवती नै बनेको समाचार अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
मिडियाले जनाए अनुसार ती शिक्षिकाले आफ्नो ‘भाइ’ भन्दै ती बालकलाई घरमै पढ्न बोलाउँथिन् । सोही क्रममा उनीहरुबीच प्रेम सम्बन्ध फैलिएपछि अलेक्जेन्ड्राले गर्भाधारण नै गरेकी थिइन् ।ती शिक्षिकालाई अभियोग लागेपछि मुद्दा अदालतमा थियो । हालै उनको विषयमा अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । उक्त घटना सार्वजनिक भएपछि नै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।अभियुक्त शिक्षिकाले भने उनीहरु पाँच महिनासम्म सम्बन्धमा रहेको वयान दिएकी थिइन् । अमेरिकामा ‘टिनेजर’ को साथ यौन सम्बन्ध बनाउनु गम्भीर अपराध मानिन्छ । यदी त्यसो गरेमा १० देखि १५ वर्षको जेलसजायको व्यवस्था छ ।
Views: 0