लिबियामा चर्कियाे द्वन्द्व, भारतीय सेना डराय पछि सुरक्षाको जिम्मा नेपाली सेनाको काँधमा…

२०७५ चैत्र २७, बुधबार १२:३१ गते २०७५ चैत्र २७, बुधबार १२:३१ गते २०७५ चैत्र २७, बुधबार १२:३१ गते

लिबिया, चैत २६ । अफ्रिकी मुलुक लिबियामा संयुक्त राष्ट्रसंघले शान्तिका लागि गरेको पछिल्लो प्रयास विफल भएपछि द्वन्द्व चर्किँदै गएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको वार्ता विफल भएपछि लिबियाली विद्रोही समूह ‘लिबियन नेसनल आर्मी’ ले राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले आफ्ना लडाकुलाई परिचालन गरेको छ ।

विद्रोही समूहले राजधानी त्रिपोली कब्जा गर्न थालेपछि त्यहाँ तैनाथ भारतलगायतका मुलुकका शान्ति सैनिक त्यहाँबाट पलायन भएका छन् । भारतले शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ ।अमेरिका र भारतका फौजसमेत हटाइएको अवस्थामा त्रिपोलीमा रहेको राष्ट्रसंघीय शान्ति मिसन मुख्यालय र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षा जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ ।

नेपाली सेनाले हाल राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा लिबिया शान्ति मिसनका प्रमुख घासन सलामेलगायतका कर्मचारीलाई आफ्नो सुरक्षा घेरामा राखेको छ ।लिबियाली शान्ति मिसनमा २३१ नेपाली सैनिक तैनाथ रहेको बताइएको छ ।यसैबीच त्रिपोलीमा भएको भिडन्तबाट बच्न दुई हजार ८०० भन्दा बढी परिवार विस्थापित भएको जनाइएको छ ।

त्रिपोलीमा आपतकालिन सेवा र विद्युत सेवा समेत अवरुद्ध भएको लिबियास्थित राष्ट्रसंघीय मानवीय सहायता संयोजक मारिया रिबेइरोको भनाइ छ ।आइतबार पनि त्रिपोली नजिक विद्रोही समूह र अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको सेनाबीच भिडन्त भएको थियो । राजधानी कब्जा गर्ने उद्देश्यसहित दुबै पक्षबाट हवाई आक्रमणसमेत भएका थिए । (एजेन्सी)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed