के तपाइले बच्चाको ओठमा चुम्बन गर्दैहुनुहुन्छ ? साबधान हुन सक्छ खतरा

२०७५ चैत्र २७, बुधबार १९:०३ गते २०७५ चैत्र २७, बुधबार १९:०३ गते २०७५ चैत्र २७, बुधबार १९:०३ गते

बालबालिकाप्रति माया देखाउनको लागि हामीले चुम्बन गर्ने गर्छौं । पहिले सामान्यतयास् बच्चाको गालामा चुम्बन गर्ने गरिन्थ्यो भने, अहिले बालबालिकाको ओठमा चुम्बन गर्ने चलन बढ्दो छ ।तर तपाईंले यदि आफ्नो बच्चाको ओठमा चुम्बन गर्नुहुन्छ वा अरुलाई चुम्बन गर्न स्वीकृति दिनुहुन्छ भने तपाईंले बच्चाको स्वास्थ्यमा खेलबाड गर्दै हुनुहुन्छ ।

सन् २००१ मा एक जना ब्रिटिश महिलाले आफ्नो शिशुको तस्बिर सामाजिक संजालमा राखेकी थिइन्। उक्त तस्बिरमा उनको बच्चाको मुख र अनुहारमा भयावह संक्रमण देखिन्थ्यो। उनका अनुसार एक जना महिलाले बच्चाको ओठमा चुम्बन गरेकी थिइन्।उक्त चुम्बनको माध्यमले ती महिलामा भएको हर्प्स सिम्प्लेक्स भाइरस बच्चामा सरेको थियो, जसले गर्दा बच्चा त्यो स्थितिमा पुगेको थियो। उक्त भाइरस आफूमा भएको बारे महिला आफै अनभिज्ञ थिइन् ।त्यस्तै २०१३ मा आफ्नै बाबुको चुम्बनले गर्दा बच्चामा संक्रमण भएको थियो। ती बच्चाको विभिन्न अंगहरुमा संक्रमण भएको थियो। उनका बाबुमा हर्प्स सिम्प्लेक्स भाइरस भएको पत्ता लागेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *