सुखी जीवन बनाउने सपना बोकेर जापान पुगेकी नुवाकोटकि सावित्रिको सपना अधुरै रह्यो

२०७५ चैत्र २७, बुधबार १९:०६ गते २०७५ चैत्र २७, बुधबार १९:०६ गते २०७५ चैत्र २७, बुधबार १९:०६ गते

टोकियो । काम गरेकै स्थानमा आगोले पोलेर गम्भिर घाईते हुनुभएकी नेपाली चेलीको जापानमा उपचारको क्रममा निधन भएको छ ।नुवाकोट जिल्ला घर भई हाल जापानको युकीमा श्रीमानको साथमा बस्दै आउनुभएकी ३१ बर्षिय सावित्रि नेपाल रिमालको उपचारको क्रममा ओकायामा प्रिफेक्चरमा रहेको चिकुबा अस्पतालमा हिजो २१ तारिख साँझ निधन भएको हो ।गत डिसेम्बर १० तारिखका दिनमा काम गर्ने ठाउँमा केमिकल सरसफाईका क्रममा कोठा तातो बनाउन बालिएको हिटरबाट आगो सल्कन पुग्दा उहाँ आगोले जल्न पुग्नु भएको थियो ।

आगालागीबाट शरिरको अधिकाशं भाग जल्न पुगेपछि त्यसयता अस्पतालको आकस्मिक कक्षमा उपचाररत रिमाललाई हिजो सोमबार साँझ ८ ५१ मा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।परिवारका सदस्यहरुका अनुसार उहाँले केही दिनयता मान्छे चिन्न छाड्नु भएको थियो भने चिकित्सकहरुले आफुहरुबाट सम्भव उपचार सबै गरेको बताएका थिए ।शरिरको अधिकाशं भाग जल्न पुगेपछि उहाँको किड्नी, फोक्सो र कलेजोले काम गर्न छाडेपछि निधन हुन पुगेको चिकित्सकहरुले बताएका छन् ।नुवाकोट बिदुर घर हुनुभ एकी रिमाल पछिल्लो पटक नोभेम्बर १३ तारिखमा नेपाल गएर जापान आउनुभएको थियो ।मृतक सावित्रको दाह संस्कार जापानमै गरिने भएको छ । उहाँको दुई सन्तान नेपालमै रहेका छन् ।यसैबिच नुवाकोट समाज जापानले आफ्नो जिल्लावासी चेलीको दुखद निधन भएको घटनामा गहिरो दुख व्यक्त गरेको छ ।मृतकप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै समाजका अध्यक्ष हरि लामिछानेले शोक सन्तप्त परिवारजनमा समवेदन समेत व्यक्त गर्नुभएको छ ।निधन हुनुभएकी सावित्राको दाह संस्कार जापानमै गरिने भएकाले उहाँको दाहसंस्कारको लागि समाजले आवश्यक व्यवस्थापनको लागि समन्वय अघि बढाएको समेत अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

राजपा र फोरम एकीकरण : पत्रमै सीमित-काठमाडौं, २४ चैत । राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) र संघीय समाजवादी फोरम नेपालबीचको एकीकरण पत्रमै सीमित भएको छ । एकताका लागि दुवै दलले पत्र अदान–प्रदान गरे पनि अहिलेसम्म यसबारे एकपटक पनि वार्ता गरेका छैनन् । राजधानी दैनिकले खबर छापेको छ ।दुवै दलले एकीकरणका लागि औपचारिक रूपमा आआफ्नो दलमा छलफल गरी पत्र आदान–प्रदान गरे पनि यसबारे दुवै दलले एकपटक पनि वार्ता गरेका छैनन् । एकअर्कालाई पत्र लेख्दै दुवै दलले एकीकरणका लागि सकारात्मक रहेको र छिट्टै एकता टुंगो लगाउन पहल गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।फोरम नेपालका उपमहासचिव एवं केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले दुई दलका बीचमा पत्र आदान–प्रदान भए पनि एकीकरणकै लागि वार्ता नभएको बताए । दुवै दल एकीकरणका लागि सकारात्मक रहेको बताउँदै उनले छिट्टै वार्ता पनि हुने बताए ।

‘हामीबीच पत्र आदान–प्रदान भएको छ, हामीले फेरि अर्को पत्र लेख्दै राजपालाई पठाएका छौं, त्यसको जवाफ आएको छैन,’ अधिकारीले भने, ‘पत्रको जवाफ पनि आएको छैन, बारा–पर्सामा हावाहुरीको विपद्ले प्रभावितको उद्धार र व्यवस्थापनमा पार्टी लागेकाले पनि वार्ता हुन नसकेको हो ।’दुवै दलबीच छिट्टै वार्ता हुने बताउँदै उनले अहिले फोरम नेपालको महाधिवेशन र हावाहुरीपीडितको उद्धार तथा व्यवस्थापनमा जुट्नुपरेकाले वार्ता हुन नसकेको बताए ।दुवै दलले दुई/दुईपटक लिखित पत्र लेख्दै एकीकरणको सुरुवात गरे । फोरम नेपालले पुनः अर्को पत्र लेख्दै वार्ता प्रक्रियालाई अघि बढाउन आग्रह गरेको छ । उपमहासचिव अधिकारीका अनुसार पुनः लेखिएको पत्रको जवाफ पनि अहिले नपाएको बताए ।

राजपा नेपाल अहिले प्रमुख प्रतिपक्षी दल हो भने फोरम नेपाल सत्तासाझेदार दल हो । यद्यपि दुवै दल संयुक्त उम्मेदवारी दिई पछिल्लो निर्वाचनमा सहभागी भएका थिए । प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालको संयुक्त सरकार छ ।तर, फोरम नेपाल संघीय सरकारमा सहभागी छ भने राजपा प्रतिपक्षी दलको भूमिकामा रहेको छ । संसद्देखि सडकसम्म राजपाले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै सरकारको कडा आलोचना गर्दै संघर्ष गरिरहेको छ । तर, फोरम नेपाल संघीय सरकारमा सहभागी भएकाले सदनदेखि सडकसम्म सरकारको प्रतिरक्षा गर्दै अघि बढिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *