राजन बस्नेत
दोलखा २६ चैत्र । सदरमुकाम चरिकोट मा भएको नेपाल थामी बिधार्थी संघ को पहिलो सम्मेलन ले जानकी थामी को अध्यक्षता मा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
नेपाल थामी विद्यार्थी संघ दोलखा को उपाध्यक्ष मा उमेश थामी सचीव दिपेन्द्र थामी , कोषअध्यक्ष मौसमी थामी ,सदस्यहरु मा सम्झना थामी ,इन्दु थामी , सुन्दरी थामी , सकुना थामी, चरण थामी , भक्त थामी ,अशोक थामी ,रस्मिला थामी कृति थामी , पुर्णराज थामी , मनिसा थमी , देवा थामी र टेकराज थामी सर्बसहमत चयन भएको निर्वाचन मण्डल का संयोजक सपना थामी ले जानकारी दिइन ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल थामी समाज केन्द्रीय अध्यक्ष सुखबिर थामी ले थामीहरु को अधिकार लाई सुनिस्चित गर्न का लागि थामिहरु एकजुट भएर लागी पर्नुपर्ने बताउदै, उनले भने देश समृद्धि को बाटो तर्फ अगाडि बढेको भन्दै आम थामी समुदाय को सस्कृती ,रितिरिवाज ,चालचलन ,धर्म , भेषभुसा को संरक्षण प्रती सरकार गम्भीर नभएको बताए ।
कार्यक्रम को विशेष अतिथी नेपाल आदिबासी जनजाती बिद्यार्थी महासंघ त्रिभुवन विश्वविधालयका अध्यक्ष अशोक राई ले थामी विद्यार्थीहरु को हक अधिकार र संरक्षण गर्न आफुहरु तयार रहेको धारणा बेक्त गरे भने थामी जातिले नेपाल को इतिहास कोर्ने दिन आएकोले सबै थामी समुदाय ले सहज रूपमा शिक्षा पाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल थामी समाज केन्द्रीय महासचिब लक्ष्मण थामी , नेपाल थामी बिधार्थी संघ केन्द्रिय अध्यक्ष सपना थामी ,नेपाल थामी समाज दोलखा का अध्यक्ष हरिश कुमार थामी , नेपाल थामी बिद्यार्थी संघ सिन्धुपाल्चोक अध्यक्ष हिरा थामी, नेपाल महिला थामी समाज रामेछाप कोषाध्यक्ष रिता थामी ज्यु, नेपाल थामी समाज दोलखा निबर्तमान अध्यक्ष भक्तसिङ थामी लगायत ले सुभकामना मन्तव्य बेक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष थामी ले थामी ले पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरु को हक र अधिकार को निम्ति आफु र आफ्नो टिम निरन्तर लागिरहने प्रतिबद्धता बेक्त गरिन ।
Views: 0