काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ ।महालेखामा सो रकम संलग्न पदाधिकारी र इन्जिनियरबाट असुल्न सिफारिस गरेको छ । आयोजना सञ्चालन अवधिमा थप १६ करोड २८ लाख रुपैयाँ अनियमितता भएको पनि महालेखाले औँल्याएको छ ।
मेलम्ची आयोजनमा दुई अर्ब २० करोड भ्रष्टाचार र १६ करोड २८ लाख अनियमितता भएको निष्कर्षसहितको लेखापरीक्षण प्रतिवेदन महालेखाले राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।महालेखाका अनुसार मेलम्ची आयोजनामा परामर्श सेवाका लागि मात्र पाँच अर्ब २६ करोड ६० लाख खर्च गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
एयर होस्टेज पेसा संसारका धेरै युवतीको रोजाइमा पर्छ । नेपाललगायत विश्वका अधिकांश मुलुकका सुन्दरीहरु एयर होस्टेज बन्न लालयित हुन्छन् । आमसर्वसाधारण पनि यो पेसालाई मर्यादित रूपमा लिन्छन् । एयर होस्टेजको आकर्षक शरीर र उही प्रकारको ‘ड्रेस अप’ ले सबैको मन खिच्छ । बेलाबेलामा उनीहरूले गर्ने सामाजिक कामको पनि सर्वत्र चर्चा हुने गरेको छ ।यसको पछिल्लो उदाहरण हो, एयर होस्टेज पत्रिसा ओरगानोले शिशुप्रति देखाएको ममता । उनले विमानमा सवार एकमहिने शिशुलाई आफ्नो स्तन चुसा एर मातृप्रेमको नमुना प्रस्तुत गरेकी छन् ।
फिलिपिन्स एयरलाइन्सको विमानमा यात्रारत आमासँग रहेको दूधको पाउडर सकिएर शिशु भोकले रुन थालेपछि पत्रिसाले आफ्नै स्तन चुसाएर उदाहरणीय काम गरिन् । बच्चा रुन थालेपछि उनकी आमालाई बच्चालाई दूध खुवाउन आग्रह गरिएको थियो । आमाले आफ्नो दूध नआउने र पाउडर दूध पनि सकिएको बताएपछि एयर होस्टेज पत्रिसाले आफ्नै स्तन चुसाएकी थिइन् । पत्रिसा पनि एकमहिने शिशुकी आमा हुन् ।
आफ्नो यो कामलाई सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेपछि उनको सर्वत्र प्रशंसा भएको छ । उनले बच्चालाई दूध खुवाउनुमा आफ्नो ममताले ठूलो भूमिका खेलेको बताएकी छन् । उनले भनिन्, ‘बच्चा रोएको सुनेर सबै यात्रु दुःखी भएका थिए । मलाई पनि गाह्रो भयो । उडानकै क्रममा मैले बच्चालाई विमानको स्तनपान कक्षमा पुर्याएर दूध खुवाएँ ।’एयरलाइन्सले पत्रिशाको यो कामको तारिफ गर्दै उनलाई बढुवा गरेको छ ।उनले दिएको ‘इबैल्युएटर’ पदको टेस्टको नतिजा नआउँदै एयरलाइन्सले उनलाई सोही पदमा बढुवा गरेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको पोस्टमा एक लाख ७६ हजारभन्दा बढीले लाइक गरेका छन् भने ८४ हजारभन्दा बढी कमेन्ट आएका छन् । उनको पोस्टलाई ३६ हजार पाँच सय बढीले सेयर गरेका छन् ।गोपनीयताका कारण आफूले बच्चालाई दूध खुवाएको तस्बिर भने पत्रिसाले सम्पादन गरेर राखेकी छन् ।
Views: 0