उखान-टुक्काले देश बन्दैन : देउवा

२०७५ चैत्र २८, बिहीबार १४:४८ गते २०७५ चैत्र २८, बिहीबार १४:४८ गते २०७५ चैत्र २८, बिहीबार १४:४८ गते

काभ्रे । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उखान-टुक्काले देश नबन्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उखान टुक्का मात्र भन्ने गरेकाले देश उखान टुक्काले मात्र नबन्ने बताएका हुन् ।

कांग्रेस काभ्रेको क्षेत्र नं. १ को पार्टी भवन शिलान्यास तथा कांग्रेस क्षेत्र नं. १ ले आयोजना गरेको बृहत आमसभामा बुधबार पूर्व प्रधानमन्त्री देउवाले यस्तो कुरा बताएका हुन् । देशमा नेकपाको सरकार आएदेखि बलात्कार र हत्या हिंसा बढेको देउवाले बताए । सरकार बलात्कार र हत्यारालाई जोगाउने काममा लागेको आरोप पनि उनले लगाएका छन् ।‘सरकार नयाँ नयाँ विधेयक ल्याई प्रजातन्त्र र गणतन्त्रलाई कमजोर तुल्याउने काममा लागेको छ,’ उनले भने, ‘जनता, पत्रकारलगायत सबैको अधिकार खोस्न लागि परेको छ ।’ याे खबर आजकाे नयाँ पत्रिकामा छ ।

विश्व इतिहासमै ‘ब्ल्याक होल’को पहिलो तस्बिर, ब्ल्याक होलको वरीपरी आगोको ज्वाला देखियो

एजेन्सी । बैज्ञनिकहरुले पहिलो पटक ‘ब्लायक होल’को तस्बीर खिच्न सफल भएका छन् । विश्व ईतिहासमै बैज्ञनिकहरुको यो सबैभन्दा ठुलो सफलता हो ।पृथ्वीभन्दा ३० लाख गुणा ठूलो रहेको यो ब्ल्याक होल आकाशगंगामा रहेको बैज्ञानिकहरुको भनाई छ । जुन ४० अर्ब किलोमिटर लामो भएको बताइएको छ । यो सौर्यमण्डलको आकार भन्दा पनि ठूलो हो ।यो ब्ल्याक होलको नाम एम ८७ राखिएकाे छ । यो होल पृथ्वीभन्दा ५ करोड खर्ब किलोमिटर टाढा रहेको बैज्ञनिकहरुको भनाइ छ । तस्बीरमा ब्ल्याक होलको वरीपरी वृत्ताकार स्वरुपमा आगोको ज्वाला देखिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed