भाइ पाउने आमा लिन जान्छु भनेर छ छोरीलाई छोडेर बाबू बेपत्ता

२०७५ चैत्र २८, बिहीबार १४:५२ गते २०७५ चैत्र २८, बिहीबार १४:५२ गते २०७५ चैत्र २८, बिहीबार १४:५२ गते

लुलाङ, म्याग्दी। गएको फागुन १६ मा नरमाया विक उमेरले ३४ वर्ष पुगिन् । धौलागिरी गाउँपालिका–२ लुलाङको नयाँवनकी उनको १९ वर्षको उमेरमा विवाह भएको थियो । १५ वर्षको अन्तरालमा शर्मिला (१४), अनिता (१२), उर्मिला (१०), निरुता (८), सरिता (६) र शीतल (१७ महिना) गरी ६ वटी छोरी छन् । एक हलगोरु लाग्ने लम्सुङ छेउको पाखोबारी र खरको दुईपाखे कटेरो पहिरोको जोखिममा पर्‍यो । त्यसपछि नरमाया चिचिला छोरीहरू च्याप्दै–डोर्‍याउँदै र घिसार्दै नयाँवनस्थित आफन्तको कटेरोमा सरिन् । श्रीमान् पूर्णबहादुर उमेरले उनीभन्दा तीन वर्ष कान्छा हुन् । २०७४ कात्तिकमा कान्छी छोरी जन्मेपछि पूर्णबहादुरले ‘छोरी मात्रै पाएको’ भन्दै नरमायालाई गाली गरिरहन्थे । छिमेकी मालिका–३ रुमबाट कान्छी श्रीमतीसहित गत असारबाट उनी बेपत्ता छन् । गाउँलेले नरमायालाई सुनाएअनुसार पूर्णबहादुर कान्छी श्रीमतीसँग बाग्लुङको गल्कोटतिर मजदुरी गर्छन् । कान्छी पनि सुत्केरी हुन लागेकी छन् ।

‘छोरो पाउने श्रीमती लिएर लोग्ने भाग्यो । लोग्ने अब मेरा लागि मरेसरह भो । सुत्केरीमाथि रोगी छु,’ नरमाया भन्छिन्, ‘६/६ जना छोरीको सास थेग्न मुस्किल भएको छ । अरूले दिएको चामल, पिठो खाएर बाँचेका छौं ।’ बाँझो र पाखोबारी जोत्ने मान्छे छैन । अर्को मान्छे र गोरु लगाएर काम गराउने पैसा छैन । ‘जति बेला पनि आँखाबाट फाल्सा छुट्छ, सबै अँध्यारो मात्र हुन्छ,’ उनी भन्छिन् । छोरीहरू र नरमायाको विजोग देखेपछि स्थानीयले सहयोग गरे । नर्जाखोला युवा क्लब, लमसुङ मावि जागृत बाल क्लब र विद्यालयको जुनियर रेडक्रस सर्कलले दिएको एक–एक बोरा चामल, दाल, तेल र ८ हजार रुपैयाँ र गाउँलेले मानामुठी अन्न उठाएर सहयोग गरेका छन् । त्यही अन्नपातको भरमा उनीहरू बाँचेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed