अण्डा खायो भने मुटु रोग हुन्छ, बच्चा हुँदैन, मोटोपन हुन्छ भन्ने जस्ता कुरा सबै गलतहुन् । हरेक दिन अण्डा खाएमा स्वास्थ्य राम्रो हुन्छ । अहिले अण्डाका बारेमा विभिन्न अनुसन्धान भइरहेका छन् । अण्डाबारे बारम्बर उठिरहने प्रश्नको उत्तर भेटिएको छ । आज हामीले यसैबारे एक सामाग्री तयार पारेका छौं ।
१. अण्डा खायो भने वजन बढ्छ की बढ्दैन?
अण्डामा फ्याट र क्यालोरीको मात्रा कम हुन्छ। यो खायो भने मेटाबोलिज्म बढ्छ। यसले हामीलाई लामो समय सम्म भोक लाग्न दिदैँन्।
२. अण्डा खायो भने कोलेस्ट्रोल बढ्छ ?
हार्ट फाउन्डेशनका अनुसार अण्डा खायो भने कोलेस्टा«ेल लेवलमा कुनै असर पर्दैन्। हप्तामा ७ वटा अर्थात दिनको एउटा अण्डा खायो भने केही फरक पर्दैन।
३. गर्मीमा अण्डा खायो भने पेटमा असर गर्छ की गर्दैन ?
गर्मीमा एउटा अण्डा खायो भने केही फरक पर्दैन। यसले शरीरलाई तागत दिन्छ । पुरै डाइट दिन्छ। यसमा क्याल्शियम, आयरन र फस्फोरस जस्तो न्यूट्रियएसिड हुन्छ।
४. सेतो भागवाला अण्डामा बढी न्यूट्रिएटस र खैरो छिल्का बाला अण्डामा न्यूट्रिएटस कम हुन्छ हो ?
अण्डाको छिल्का सेतो वाखैरो भएर केही फरक पर्दैन्। त्यसमा न्यूट्रिएटसको कमी हुदैन्। दुबै अण्डामा न्यूट्रिएटसको मात्रा उति कै हुन्छ।
५. धेरै प्रोटिनपहिलो भागमा हुन्छ?
अध्यनका अनुसार अण्डाको सेतो भागमा भन्दा पहेंलो भागमा प्रोटिनको मात्रा धेरै हुन्छ। मानिस अण्डा प्रोटिनको लागि खान्छन् । कोही अण्डो सेतो भाग मात्र खान्छन् । तर, दिनमा एउटा पुरा अण्डा खाएमा स्वास्थ्यका लागि फाइदा जनक हुन्छ ।
६. धेरै अण्डा खायो भने क्यानसर र मुटुको सम्बन्धी रोग हुन्छ हो ?
जर्नल फूड केमेस्ट्री २०११ को अध्ययन अनुसार अण्डामा एन्टीअक्सीडेन्ट हुन्छ जसका कारण यसले मुटु रोग र क्यानसरको सम्भावना कम हुन्छ।
७. अण्डालाई फ्रिजमा राख्यो भने खराब हुँदैन्?
यूएस फूड इण्ड एडमिनिस्ट्रेशनका अनुसार अण्डालाई बाहिर राख्यो भने साल्मोनेला ब्याब्टेरियाको संख्या बढ्छ । यस कारण यसलाई कम तापमान भएको ठाउँमा राख्नुपर्छ जसले गर्दा अण्डा फे्रस भइरहन्छ।
Views: 0