८ कक्षा पढ्ने छोरी दुब्लाउँदै गएपछि आमाले लगिन् अस्पताल, रिपोर्ट देख्दा आमा बेहोस

२०७५ चैत्र २९, शुक्रबार २०:२१ गते २०७५ चैत्र २९, शुक्रबार २०:२१ गते २०७५ चैत्र २९, शुक्रबार २०:२१ गते

बठिंडा। पंजाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् । आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् ।

किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने । साथीहरुको कुरा मानेर उनले पनि त्यो पाउडर सुँघेर हेरिन् । त्यसपछि विस्तारै त्यसको बानी भयो । उनले विगत १ वर्षदेखि यसको नशा गर्दै आएको बताएकी छिन् । किशोरीका अनुसार गाउँकै केही युवकले लागूपदार्थको सप्लाइ गर्छन् । उनले ती केटाहरुलाई चिन्दिनन् किनकि यो नशा उनका साथीहरुकहाँ आउँछ । साथीहरुले पछि उनलाई दिन्छन् ।

जग्गा किन्दै हुनुहुन्छ ? यदि हो भने यी ३ कुरा ख्याल गर्नुहोस नत्र बिष्णु पौडेलकै हालत होला ?

काठमाडौं चैत्र २९ । बालुवाटार भित्रको जग्गा व्यक्तिका नाममा पास गरिएको समाचार सार्बजनिक भएपछि सामाजिक सञ्चाल तातेको छ। वालुवाटारको जग्गा किन्नेमा नेकपाका प्रभावशाली नेता तथा महासचिव विष्णु पौडेलका छोरा पनि परेपछि चर्चा थप चुलिएको हो।

सरकारी जग्गा कसरि व्यक्तिको नाममा गयो त्यसको छुट्टै पाटो छ। तर सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपाका नेता विष्णु पौडेल जग्गा किन्दा ठगिएको वताए। जग्गा किन्दा ठगिएकाले उनलाई क्षतिपूर्ति दिनुपर्नेमा समेत बाँस्कोटाले जोड दिएका छन्।

उनी ठगिएकै हुन् वा नियतबस बालुवाटारको जग्गा किनेका हुन् भन्ने कुरा अनुसन्धानपछि खुल्दैजाला।

तर तपाई घरघडेरी किन्दै हुनुहुन्छ भने कम्तिमा ३ वटा कुरामा ध्यान दिनुस्, नत्र ठगिन सक्नु हुन्छ।

वर्षौ दुख गरेर कमाएको पैसा सहि ठाउँको घरघडेरीमा हालेमात्रै त्यसले भविष्यमा पनि राम्रो प्रतिफल दिन्छ। अन्यथा बर्षौ दुख गरेर कमाएको लाखौ रुपैयाँ एकै दिनमा डुब्न पनि सक्छ। त्यसैले घर घडेरी किन्दै हुनुहुन्छ भने निम्न कुरामा ध्यान दिएर मात्र किन्नुहोस।

१। घरजग्गाको नक्शा
जग्गा व्यावसायीले तपाईलाई सुरुमा घर जग्गा देखाउँछन्। त्यसपछि जग्गाको क्षेत्रफल सहितको नक्शा देखाउँछन्। त्यसमा चित्त बुझ्ने बित्तिकै तपाई जग्गा किन्ने प्रक्रियामा अघि बढ्नुहुन्छ।

तर तपाईले घर अथवा जग्गा किन्दा घरजग्गा व्यावसायीले देखाएको नक्शामा मात्रै भर पर्नु हुँदैन। एक पटक तपाईलाई देखाइएको घरजग्गा किनबेच गराउने मालपोत र नापी कार्यालयमा गइ व्यावसायीले देखाएको कित्ता नम्बर अनुसार जग्गा हो की हैन भन्ने पक्का गर्नुहोस। यदि हो भने मात्र जग्गा किन्ने प्रक्रियामा एक पाइला अघि बढ्नुहोस। नत्र दलालले तपाईलाई नक्कली नक्शा देखाएर एक ठाउँको जग्गा भनेर अर्कै ठाउँको जग्गा पनि किनाई दिन सक्छन्।

२। बाटोरगोरेटो बाटो
तपाईले किन्न खोजेको घडेरी अथवा घर भएको ठाउँमा कति फिट चौडा बाटो छ भन्ने कुराले घर तथा जग्गाको मूल्यमा निकै फरक पर्छ। कति क्षेत्रफल ओगट्ने गरि कत्रो घर बनाउन पाइन्छ भन्ने कुरा पनि घडेरी भएको ठाउँमा भएको बाटोले भूमिका खेल्छ। पछिल्लो समय काठमाडौं उपत्यकामा कम्तिमा २० फिट बाटो छोडेर मात्र घडेरी विकास गर्न दिइएको छ। पुराना घडेरीहरु भने १० फिटदेखि १८ फिटसम्म बाटो भएका पाइन्छन्।

जति सानो बाटो हुन्छ तपाईले घर बनाउँदा त्यतिनै धेरै ठाउँ छोडेर बनाउनुपर्छ। त्यसैले सानो बाटोमा किन्नुहुन्छ भने अन्य ठाउँको भन्दा केहि बढी जग्गा किन्नुपर्ने हुन सक्छ।

यदि तपाईको जग्गा गोरेटो बाटोमानै पर्छ भने त तपाईले आवश्यकताभन्दा बढि जग्गा किन्नुपर्ने पनि हुन्छ। किनकी गोरेटो बाटोमा ७ फिट छोडेर मात्र घर बनाउनुपर्ने मापदण्ड छ। तपाईले चिटिक्क चार किल्ला छुट्ट्याएको घडेरी मात्रै हेरेर जग्गा किन्नुभयो भने गोरेटो बाटोले आवश्यकता अनुसारको घर बनाउन नपाइने हुन सक्छ। एक पटक आफु फसिसकेपछि अर्कोलाई बेच्नुपर्दा पनि त्यस्तो जग्गाले राम्रो मूल्य नपाइने हुनाले गोरेटो बाटो छ भने पहिलेनै सतर्क रहनुपर्छ।

३। मुद्दा मामिला
तपाईले जग्गा मात्रै हेरेर दलालाई बैना दिनुभयो भने तपाईको बैना फिर्ता नआउने वा पछि एउटा जग्गा भनेर अर्कै जग्गा पास गराउने सम्भावना धेरै हुन्छ। त्योबाहेक तपाईले हेरेको जग्गामा कसैको मुद्दा परेको छ भने मुद्दा फैसला नभएसम्म उक्त जग्गाको कारोबार रोक्का गरिएको हुन्छ। त्यस्तो बेलामा तपाईको बैना रकम पनि डुब्ने वा पछि जग्गा व्यावसायीले तपाईले चित्त नबुझेको ठाउँमा जग्गा किनाउन दवाव दिन पनि सक्छन्।
त्यसको लागि पनि तपाईले जग्गाको कित्ता नम्बर लिएर सम्बन्धित मालपोत कार्यालयमा सोधीखोजी गर्ने हो भने मुद्दा मामिला परेरनपरेको, मोही भएरनभएको लगायतका कुरा थाहापाउन सकिन्छ। त्यसपछि मात्रै तपाईले ढुक्कसँग जग्गा किनेर घर बनाउन सक्नुहुन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed