एसइई परीक्षाफलबारे सरकारले दियो सबै झस्किने यस्तो प्रतिकृया

२०७५ चैत्र २९, शुक्रबार २०:३७ गते २०७५ चैत्र २९, शुक्रबार २०:३७ गते २०७५ चैत्र २९, शुक्रबार २०:३७ गते

काठमाडौं । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना देखिएको छ । कर्मचारीको अभावमा परीक्षाफल प्रकाशित गर्न ढिलो हुने भएको हो ।

२६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन । २६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कर्मचारी नभएकाले कतिपय जिल्लामा उत्तर पुस्तिका बुझ्नै समस्या भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कर्मचारीको चरम अभाव देखिएको छ, कसरी समयमै परीक्षाफल प्रकाशित गर्ने ?’ यसरी हेर्दा लाखौं विद्यार्थीहरुको प्रतिक्षाको रुपमा रहेको परीक्षाफल ढिलो प्रकाशित हुने देखिएको छ । आजको नेपाल समाचारपत्रबाट खबर लिइएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *