भारतको हिमाञ्चल प्रदेशमा ३ नेपालीको हत्या,,,,,,,

२०७५ चैत्र ३०, शनिबार ०७:२१ गते २०७५ चैत्र ३०, शनिबार ०७:२१ गते २०७५ चैत्र ३०, शनिबार ०७:२१ गते

काठमाडौं, २९ चैत । भारतको हिमाञ्चल प्रदेशमा ३ नेपाली युवाको शव भेटिएको छ । दाङको शान्तिनगर गाँउपालिका २ अमुवाका ३ जना युवाको शंकास्पद अवस्थामा शव भेटिएको हो । गएको मंसिर १४ गते मजदुरीका लागि हिमाञ्चल प्रदेश पुगेका२३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वलीको शव फेला परेको हो । नोखिराम र प्रकाशको शव गएको चैत १० गते र पूर्णबहादुरको चैत २५ गते शव भेटिएको हो । नोखिराम र प्रकाशको शव चैत १२ गतेनै दाङ ल्याएर मृतकका आफन्तलाई जिम्मा लगाउन खोज्ने जाइफल मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफन्तले शव नबुझेर विवाद गर्न थालेपछि प्रहरीले मियालाई नियन्त्रणमा लिएको हो । मियाले नै उनीहरुलाई कामका लागि भारत लगेका थिए ।

मियालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको र वलीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे यथार्थ बुझ्न इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी अधिकृत सहित, स्थानीय जनप्रतिनिधि र पीडित परिवारका सदस्यहरु भारततर्फ जान लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता बिनोदबिक्रम सिंहले जानकारी दिए । उनीहरुको हत्या भएको आशंकामा परिवारले शव बुझ्न नमानेका हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *