लाइसेन्स फेल चिकित्सक राष्ट्रपतिद्वारा बिभूषित

२०७६ बैशाख २, सोमबार ०८:३३ गते २०७६ बैशाख २, सोमबार ०८:३३ गते २०७६ बैशाख २, सोमबार ०८:३३ गते

काठमाडौं-नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो। आजको नागरिक न्युजमा खबर छ

मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उतीर्ण नगरी डा.लेख्ने अधिकार हुँदैन तर क्षेत्रीलाई चिकित्सकको हैसियतमा पदक दिइएको खुल्न आएको छ। बंगलादेशबाट एमबीबीएस गरेको थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण भएपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणको ठाडो सिफारिसका आधारका पदक हात पार्न सफल भएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ छ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले क्षेत्री चिकित्सकको रुपमा काउन्सिलमा दर्ता नभएको बताए। थापाले काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा दुई वर्षदेखि दिँदै आएको देखिएको तर अहिलेसम्म उतीर्ण नभएको काउन्सिले चिकित्सक को रुपमा मान्यता प्रदान नगरेको उनले स्पष्ट पारे । थापाको नाम सिफारिस हुँदै बिबादमा आएको बताउँदैे चिकित्सकको रुपमा दर्ता नै नभएको व्यक्तिले चिकित्सकको हैसियतमा पदक पाउँदा आफूहरु पनि आश्चर्यमा परेको डा. साहको भनाइ छ। उनले सिफारिस र छनोट गर्ने निकायले पनि काउन्सिलसँग भेरीफाई नगेरको उनले जनाए।

चिकित्सक हैसियत प्राप्त भइनसकेको व्यक्तिलाई चिकित्सकको हैसियतमा मानपदवी दिनु राष्ट्रिय लज्जाको विषय भएको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीको भनाइ छ। ‘चिकित्कको पेशामा आवद्ध हुन लाइसेन्स अनीवार्य हुनुपर्छ’, डा. कार्कीले भने ‘लाईसेन्स नै नभएको व्यक्तिलाई चिकित्सकको हैसियतमा मानपदवीबाट विभूषित गरिनु आम चिकित्सकहरुको मानमर्दन गर्ने विषय हो।’ यो विषयलाई नेपाल चिकित्सक संघले गम्भीर रुपमा लिने उनको भनाइ छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *