थेग्नै नसक्ने महंगी : एकैचोटी दुध लिटरको ३०० रुपैयाँ पुग्यो !

२०७६ बैशाख २, सोमबार १२:५० गते २०७६ बैशाख २, सोमबार १२:५० गते २०७६ बैशाख २, सोमबार १२:५० गते

काठमाडौ । दुध लिटरमा कत्तिसम्म पुग्न सक्ला ? तपाई यसको अधिकतम मुल्य भन्दा पनि १०० रुपैया भन्दा माथि त जानुहुँदैन होला । तर लामो समय देखि महङ्गीको मार खेपिरहेको पाकिस्तानमा आम नागरिकको समस्या कम हुने कुनै छाँटकाँट हुने देखिएको छैन ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार, पाकिस्तानमा प्रत्येक दिन दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छोइरहेको छ । तरकारी, पेट्रोल र डिजेलको भाउ त पहिलेदेखि नै बढेको थियो, अब यसमा दूध पनि सामेल भएको छ ।

अखबारहरुका अनुसार, पाकिस्तानमा अहिले दूध प्रतिलिटर १ सय ९२ देखि २ सय ९० सम्म पुगेको छ । कराँची डेरी फार्मर्स एसोसियशनले दूधको मूल्यमा प्रतिलिटर ३७ रुपैयाँले बढाएको हो। एसोसिएशनका अनुसार, पशुहरुलाई खुवाउने चारा र इन्धनको मूल्य निकै बढेपछि दूधको मूल्य बढाउन बाध्य हुनुपरेको हो । पाकिस्तानमा पाँच वर्षयता महङ्गीको दर अहिलेसम्मकै उच्च अर्थात् ९.४१ प्रतिशत पुगेको छ । यो महङ्गी सन् २०१४ पछिकै सर्वाधिक उच्च हो । एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed