झारखण्ड – भारतकाे झारखण्ड राज्यकाे बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । “दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,” सिआरपिएफले जनाएको छ ।भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ । उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ ।
६ महिनासम्म क्यान्सरसँग लडेकी सोनाली, यसरी सुनाईन आफ्नो तीतो अनुभव !!
मुम्बई। सोनाली बेन्द्रेलाई गत वर्ष क्यान्सर भएको पुष्टि भएको थियो। आफूलाई क्यान्सर भएको पुष्टि भएपछि उनले न्युयोर्कमा उपचार गराएकी थिइन्। ६ महिनाको उपचारपछि उनी अहिले ठिक भएकी छन् । क्यान्सरलाई जित्ने सोनाली आज धेरैलागि इंस्पिरेशन भएकी छन्। सोनाली केही दिन अगाडि एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग दिएकी थिइन्।
जहाँ उनले आफूलाई लागेको रोगका विषयमा खुलेर कुरा गरेकी थिइन्। सोनालीका अनुसार क्यान्सर रोग आफैंमा डरलाग्दो त हुँदै हो,त्यो भन्दा पनि डरलाग्दो यसको उपचार हुन्छ। उक्त सम्मेलनमा सोनालीले भनिन्, ‘यो रोग लागेको सुरुवातमै थाहा पाएको राम्रो । यो भयावह रोग हो। तर त्यो भन्दा पनि डरलाग्दो यसको उपचार हुनेरहेछ। यदि यो रोग लागेको सुरुमै जानकारी भयो भने खर्च र दुखाईको हिसाले राम्रो हुनेरहेछ।’
सोनालीले अगाडि भनिन्, ‘सूचना, जागरुकता र फटाफट एक्शन, यी तीन चीन मलाइ उपचारका क्रममा परेको थियो। सबैले यी कुरालाई ध्यानमा राख्नुपर्छ।’ सोनालीले क्यान्सरको ६ महिना उपचार गर्दाको अनुभव आफ्ना फ्यानलाई शेयर गरिसकेकी छन्। केही दिन पहिला एक म्यागेजीनलाई दिएको अन्तर्वातामा सोनालीले भनेकी थिइन्, ‘जब मैले टाउकाको कपाल काटेकी थिएँ, तब मेरा प्रशंशकले उक्त कपाल राख्न भनेका थिए।
साउद उहाँहरुले मेरो कपाल हिफाजत होस भन्न चाहनु हुन्थ्यो।’ ६ महिनासम्म अमेरिकामा उपचार गरेपछि भारत फर्किएकी सोनालीले आफ्नी दिदी रुपा बेन्द्रेकालागि भावुक पत्र लेखेकी थिइन्। सोनालीले लेखेकी थिइन् ‘एक दिदी, साथी, रक्षक, मिलनसार, दुख सुख साटासाट गर्ने व्यक्ति हुनुहुन्छ। रुपा दिदी यी सबै तपाइँ नै हो। मेरो उपचारका क्रममा उहाँ नै मेरो सबैभन्दा नजिकको साथी बन्नु भयो।’
Views: 0