ईतिहासमै पहिलो पटक नेपाली युवा अस्ट्रेलियाका सांसद पदका उम्मेदवार

२०७६ बैशाख २, सोमबार १९:४३ गते २०७६ बैशाख २, सोमबार १९:४३ गते २०७६ बैशाख २, सोमबार १९:४३ गते

काठमाडाैं । ईतिहासमै पहिलो पटक अष्ट्रेलियाको संघीय निर्वाचनमा नेपाली मूलका युवा संघीय निर्वाचनको उम्मेदार बनेका छन्।अस्ट्रेलियामा यही मे १८ मा संसदीय निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा अस्ट्रेलियाको सत्तारुढ दल लिबरलले नेपाली युवा प्रमेज श्रेष्ठलाई संसद्‌मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सिड्नी निवासी श्रेष्ठलाई न्यु साउथ वेल्सको लिबरल पार्टीले सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा चयन गरेको छ । निर्वाचनमा उनले लेबरकी नेतृ लिण्डा बर्नी, ग्रिन्सका कोनोर पेरिसिस, युनाईटेड अस्ट्रेलियाका बेन ल्यु लगायतकासँग प्रतिस्पर्धा गर्नेछन् ।वार्टन क्षेत्रमा नेपालीको बाहुल्यता भएकाले श्रेष्ठलाई लिबरल पार्टीले उम्मेदवार बनाएको हो । सत्तारुढ दलले नेपालीलाई संसद्को उम्मेदवारमा सिफारिस गरेको यो पहिलो अवसर हो ।

अस्ट्रेलियामा रहेका नेपालीहरुको लिबरल पार्टी सम्बद्ध लिबरल फ्रेण्डस् अफ नेपालको युवा संयोजकसमेत रहेका श्रेष्टको स्थायी घर नवलपरासी श्रेष्ठ हो। बिहीबार बसेको लिबरल पार्टीको न्यूसाउथवेल्स राज्य कार्यसमितिले उनलाई उम्मेद्वारका रुपमा सिफारिस गरेको हो।

श्रेष्ठले यो आफ्नो मात्रै नभएर सम्पूर्ण नेपाली समुदायको लागि निकै ठूलो उपलब्धि भएको बताएका छन् । उनले भने, ‘ चुनावकाे टिकट पाउनु यो मेरो लागि मात्र नभएर अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई समेत अघि बढ्न प्रेरित गर्ने अवसर हो ।’ उनले आफ्नो चुनावी अभियान सुरु गरिसकेको समेत जानकारी दिएका छन् ।२० वर्षअघि ६ वर्षको उमेरमा उनी आफ्ना अभिभावकका साथमा अष्ट्रेलिया पुगेका थिए । प्रमेज मिष्टर नेपाल ओसिनियासमेत हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *