आज विहानदेखि नेपाल पनि अन्तरिक्ष युगमा प्रवेश गर्दै, नाम जुराइयो नेपाली स्याट !

२०७६ बैशाख ५, बिहीबार ०८:१३ गते २०७६ बैशाख ५, बिहीबार ०८:१३ गते २०७६ बैशाख ५, बिहीबार ०८:१३ गते

पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्विपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) बिहीबार अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ । अन्तर्राष्ट्रिय केन्द्रको कार्गोे बोकेर जाने सो स्याटलाइटमा नेपाल सहित श्रीलंका र जापानको नानो स्याटलाइट लगिने छ । स्याटलाइट नेपाली समय अनुसार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण गरिने छ ।

जापानमा अध्ययन गरिरहेको नेपाली विद्यार्थी आभाषकुमार मास्केले बनाएको नानो भू उपग्रहलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले २ करोड खर्च गरेर अन्तरिक्षमा पठाउन लागेको हो । नेपालको आफ्नो छुट्टै स्याटलाइट नरहेको अवस्थामा यसको औचित्यको विषयमा चौतर्फीरुपमा चर्चा भईरहेको छ ।

नेपाली नानो स्याटलाइटको संरचना एक घन इकाइ छ । लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टीमिटर भएको यसको तौल १.३ केजी छ । बाहिरी भागमा नेपालको झन्डा, नेपाल प्रज्ञा प्रतिष्ठानको लोगो र भूउपग्रह निर्माता विद्यार्थीको नाम लेखिएको यो भूउपग्रह निर्माणको लागि ८ जना व्यक्तिहरुको परिश्रम परेको छ । यस परियोजनाको व्यवस्थापकको रुपमा काम गरेका जापानमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीसहित, नाष्टका एक व्यक्ति साथै जापानका ३ जना तथा श्रीलंका तथा बंगलादेशका व्यक्तिसमेत मिलेर बनाइएको हे । क्युस्टो टेक्नोलोजी अफ जापान र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको सहकार्यमा यो स्याटेलाइटको लन्च गर्न लागिएको हो ।

स्याटलाइटबारे न्यूज २४ को नियमित प्रस्तुति ६ प्रश्नमा कुरा गर्दै नाष्टका प्रवक्ता डा.सुरेशकुमार ढुंगेलले भन्नुभयो ‘आभाषकुमार मास्केले सबैको आफ्नो छुट्टै स्याटलाइट भएको अवस्थामा हामीमात्र छुटेका हौँ भन्ने विषयमा झकझक्याएपछि, नाष्टले यस विषयमा सोचेर यसमा लगानी गर्ने सोच बनाएको थियो । अन्तरिक्षमा सबैभन्दा नजिकैकको सम्बन्ध रहेको र स्याटलाइटको भरपुर प्रयोग गरिरहेको यो अवस्थामा आफ्नै भूउपग्रह अन्तरिक्षमा सहभागी थिएन त्यसैले सानै भएपनि हाम्रो स्याटलाइट पठाउने निर्णय गरेका हौँ ।’

यो स्याटलाइट आन्तरिक क्षमता अभिवृद्धिको लागि भएको हुनाले व्यवसायिक कामको लागि यसले सहयोग गर्न नसक्ने श्रेष्ठको भनाइ छ । यस्मा भएको जडित भएको क्यामेराले पृथ्वीको तस्विर खिच्नुको साथै, पृथ्वीको चुम्बकीय शक्तिको मापन गर्ने यो भूउपग्रहको लाइफ १ देखि ३ वर्ष रहने छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed