चौधरी ग्रुपको उद्योगमा शक्तिशाली बम बिस्फोट !

२०७६ बैशाख ५, बिहीबार १०:३३ गते २०७६ बैशाख ५, बिहीबार १०:३३ गते २०७६ बैशाख ५, बिहीबार १०:३३ गते

काठमाडौँ : अज्ञात समुहद्वारा नवलपुरको देवचुली नगरपालिका चौधरी ग्रुपको उद्योग कम्पाउण्ड परिसरमा शक्तिशाली वम बिस्फोट भएको छ । नवलपरासी (सुस्ता पुर्ब) को देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग ग्रामको परि सरमा शक्तिशाली बम बिस्फोट हो । बम कस्ले किन पट्कायो भन्ने एकिन हुन सकेको छैन ।बोतलमा सामान्य वारुद राखेको अवस्थामा विस्फोटक पदार्थ विस्फोट भएको हो ।

उद्योग अगाडी गार्ड रहने गेड भन्दा करिब ४५ मिटर पर कसैले बारुद भरेर बोत्तलमा राखी फालेर पड्काएको डिएसपी रमेश थापाले बताउनु भयाे । विस्फोटबाट केहि क्षति भने भएको छैन । उता सप्तरीको राजविराजस्थित मुख्य बजारमा आज आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ। बजारका पसलका रेडिमेड कपडा, फ्रिज, मोबाइल, घडी, मदिरा, भाँडाकुँडा नष्ट भएका छन्।

आगलागीबाट राजविराजस्थित सहिद दशन चोकमा रहेका सात पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। आगलागीबाट पशुपति रेडिमेड स्टोर शौरभ शीतल महल,श्री पशुपति होटल अमृत वैष्णव होटल, विशाल मोबाइल सेन्टर, पशुपति कोल्ड स्टोर र चौधरी सिको टाइम पसलमा क्षति पुगेको छ।

आगलागी भएको पशुपति कोल्ड स्टोरका सञ्चालक अमृत साहका अनुसार घर र पसलहरु रहेको राजविराजको मुख्य बजारमा लागेको नियन्त्रणमा लिन राजविराज र हनुमान नगर कङ्कालिनी नगर पालिकाको वारुणयन्त्रलाई तीन घण्टा लागेको थियो। बिजुली सर्ट भई पशुपति स्टोरबाट आगलागी शुरु भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले आगलागी लागेको घटनाबारे र क्षतिको बाँकी विवरण संकलन कार्य भइरहेको जानकारी दिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *