जादू देखाउन आफूलाई रुखमा बाँधेर खोल्न नसकेपछि २ बर्षपछि कंकाल मात्रै फेला

२०७६ बैशाख ६, शुक्रबार १३:४७ गते २०७६ बैशाख ६, शुक्रबार १३:४७ गते २०७६ बैशाख ६, शुक्रबार १३:४७ गते

एजेन्सी : मस्को प्रहरीले शहरबाट ८० किलोमिटर टाढा घना जंगलभित्र रुखमा बाँधिएको अवस्थामा एउटा मानव कंकाल फेला परेका छन् । फरेन्सिक जाँचमा यो कंकाल इभान क्लुशारेभको भएको खुलासा भएको छ । इभानलाई पछिल्लो पटक दुई वर्ष पहिले मस्कोमा देखिएको थियो । त्यसपछि उनी कहाँ छन् भन्ने विषयमा कसैलाई केही थाहा थिएन । प्रहरीका अनुसार इभान हाइकिङ र सर्भाइकल स्किलमा अनुभवी थिए । उनी यस्ता चमत्कार देखाउन चाहन्थे कि मानिसहरु चकित परुन् । प्रहरीले गरेको अनुमानअनुसार शायद उनले यही कोसिसमा आफूलाई शतूराको सुनसान जंगलमा आफूलाई चेन र ताल्चाको सहयोगमा रुखमा बाँधेका थिए तर पछि उनले आफूलाई खोल्न सकेनन् । कंकाल भेटिएको स्थान घना जंगलभित्र निकै सुनसान छ र त्यहाँ सामान्यतया कोही आवतजावत गर्दैनन् ।

प्रहरीले उनको कंकाल भेटिएको स्थानको केही अगाडि एउटा पाल र रुखअगाडि जडान गरिएको क्यामेरा पनि भेटेको छ । उनले यो क्यामेराको माध्यमले आफूले बाँधिएको अवस्थाबाट आफूलाई खोलेको भिडियो रेकर्ड गरिरहेको अनुमान गरिएको छ । घटनास्थलबाट ५ हथकडी, केही फलामका चेन, ताला र किताबहरु भेटिएका छन् । रुसको अनुसन्धान कमिटीका अनुसार इभान त्यो टिमका सदस्य थिए जो कठिन परिस्थितिमा आफ्नो सर्भाइकल कलाको परीक्षण गर्छन् । पुलिसले इभानको क्यामेरा र कम्प्युटरको जाँच गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *