यस्तो छ विश्वकप खेल्ने श्रीलंकाको टोली

२०७६ बैशाख ७, शनिबार ०७:४५ गते २०७६ बैशाख ७, शनिबार ०७:४५ गते २०७६ बैशाख ७, शनिबार ०७:४५ गते

यस्तो छ विश्वकप खेल्ने श्रीलंकाको टोली

एजेन्सी

श्रीलंकाले ईङ्ल्याण्ड विश्वकपका लागि टोलीको घोषणा गरेको छ।

उसले बिहिबार १५ सदस्यि टोलीको घोषणा गरेको हो। श्रीलंकाले दिमुथ करूणारत्नेको कप्तानीमा विश्वकप खेल्नेछ।

सन् २०१५ मा विश्वकपमा वान डे खेले यता श्रीलंकाका लागि कुनै एकदिवसीय नखेलेका दिमुथलाई कप्तानीको जिम्मेवारी दिइएकोमा धेरैलाई आश्चर्यमा पारेको छ।

श्रीलंका क्रिकेट बोर्ड प्रमुख शम्मी सिल्वाले बिहिबार टोलीको घोषणा गरेका हुन्।

‘हामीलाई आशा छ,उनले(लसिथ मलिंगा)ले देशका लागि खेल्नेछन्।’

कप्तानी खोसिएपछि मलिंगाले क्रिकेटबाट सन्यास लिन सक्ने अनुमान गरिएको थियो।

‘मैले फोनमा उनीसँग कुरा गरिसकेको छ र उनलाई मैले कारण पनि बताएको छु’, चयन समितिका प्रमुख असांथा डिमेलले भने।

विश्वकपमा श्रीलंकाको पहिलो भिडन्त न्यूजल्याण्डसँग हुनेछ।

श्रीलंकाको विश्वकप टोलीमा कप्तान करूणारत्नेका अलावा जीवन मेन्डिस, मिलिन्दा सिरिवर्धने, जैफ्री वेन्डरसे फिर्ता भएका छन्।

श्रीलंकाको विश्वकप टोलीः दिमुण करीणारत्ने(कप्तान), लसिथ मलिंगा, एन्जेलो म्याथुज, तिसारा परेरा, कुसल परेरा, धनञ्जय डि सिल्वा, कुशल मेन्डिस, इसरू उदाना, मिलिन्दा सिरिवर्धने, अविष्का फर्नाडो, जीवन, मेन्डिस, लाहिरू थिरिमन्ने, जैफ्री बेन्डरसे, नुवान प्रदीप र सुरङ्गा लकमल।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *