काठमान्डू : अत्यन्तै चर्चित गेम पब्जी जुन एती लोकप्रिय भयो कि जुन अहिले नेपाल सरकार ले ब्याण्ड गर्दा पनि एकदमै भाइरल भैरहेको छ पछिल्लो समय पब्जी धेरै नै खेलिने गेम हो इन्टरनेट को माध्यम द्वारा खेलिने पब्जी गेम नेपाल मा मात्र हैन धेरै देश हरुमा यसको व्यापक चर्चा छ ! पब्जी हाम्रो नेपाल मा पनि धेरै नै थिए सरकार ले पब्जी माथि प्रतिबन्ध लगाइदिएको छ प्रतिबन्ध लगाएदिएपछि पब्जी खेलेर भुल्ने हरुलाई सरकार को निर्णय बाट स्तब्ध पनि बनेका छन् ! के हुन्छ तेस्तो पब्जी मा ..? किन लगाइयो त प्रतिबन्ध ..? नेपाल सरकार ले लगाएको प्रतिबन्ध ठिक कि बेठीक पुरा पढ्नुहोस ! आखिर एउटा भिडियो गेममाथि प्रतिबन्ध नै लगाउनुपर्ने अवस्था कसरी आयो ? त्यसको चर्चा गर्नु अगाडि पब्जी खेल के हो र कसरी खेलिन्छ भन्ने बुझौं ।इन्टरनेटका माध्यमबाट मोबाइल र कम्प्युटरमा खेलिने यो खेल तपाईँले खेल्नुभएको छैन भने पनि अरुले खेलेको देख्नुभएकै होला या, कुराकानी गरेको त पक्कै सुन्नुभएको छ ।भर्चुअल संसारमा नरमाउनेका लागि रुचीकर नभए पनि त्यसैमा डुबेकाहरुले भने पब्जीमा छुट्टै संसार पाउँछन् । नेपालमा नै केही समय अगाडि पब्जीमार्फत नै भएको चिनजान मायाप्रेममा परिणत भएर एक जोडीले बिबाह गरेको खबर बाहिरिएको थियो ।
सन् २००० मा ‘ब्याटल रोयल’ नामको एउटा जापानी चलचित्र बनेको थियो । त्यसैमा आधारित रहेर दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले सुरुवाती चरणमा २०१७ को मार्चमा ‘प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स’ अर्थात पब्जी खेल बनाएको हो । यसलाई डिसेम्बर २०१७ मा पूर्णरुपमा बाहिर ल्याइयो । यसका निर्माताका रुपमा ब्रेन्डन ग्रिनीलाई लिइन्छ । जसलाई हिजोआज ‘प्लेयर अननोन’ कै नामले समेत चिनिन्छ ।२०१८ मा पब्जीलाई भिडियो गेम प्रकाशक तथा वितरक स्टिम कर्पोरेसनले ‘वर्षको उत्कृष्ट भिडियो गेम’ को अवार्ड पनि दिएको थियो ।
के हुन्छ पब्जीमा ?
पब्जीमा धेरै मानिसको एउटा आइल्याण्ड हुन्छ, जहाँ एकअर्कालाई मार्ने प्रयास गरिन्छ । एक्लै, दुई जना साथी बनेर, चार जना साथी बनेर टिमका रुपमा पनि खेल्न सकिन्छ । यसमा आफू बचेर बस्नु र अरुलाई मार्नु नै जितको मूल आधार हो । जो अन्तिमसम्म बाँचिरहन्छ उही विजेता बन्छ ।खेल सुरु हुँदा सय जनासम्म भर्चुअल खेलाडी हुन्छन्, जसलाई प्लेनमा राखेर एउटा समुद्री तटमा लगेर प्यारासुटमार्फत छाडिन्छ । त्यसपछि त्यहाँ विभिन्न स्थानमा राखिएका हतियार, गोली, बम, बुलेट प्रुफ भेस्ट, औषधीजस्ता सामान संकलन सुरु हुन्छ । त्यसपछि नै मार्ने र बच्ने प्रक्रिया सुरु हुन्छ ।
खेल हुँदै जाँदा युद्धक्षेत्र निश्चित घेराभित्र खुम्चिँदै जान्छ र खुम्चिनुभन्दा पहिले तोकिएको समयमै घेराभित्र जान सक्नुपर्छ । यदि जान नसके विस्तारै खेलाडीको स्वास्थ्य कमजोर हुँदै गएको संकेत देखिन्छ । यदि स्वास्थ्य बचाउन नसके खेलाडीको मृत्यु हुन्छ । जब जब खेलाडी कम हुँदै जान्छन्, खेल अझ रोचक हुँदै जान्छ । खेल हुँदै जाँदा राम्रा हतियार, औषधी र बुलेट प्रुफ भेस्ट निश्चित क्षेत्रहरुमा खसालिन्छ, जसलाई ‘एयर ड्रप’ भनिन्छ ।जब अन्तिममा कुनै समूह या व्यक्ति विजेता बन्छ, तब त्यसलाई ‘विनर विनर चिकेन डिनर’ भनेर खेल जितेको संकेत दिइन्छ ।
पब्जीमा अंक आउने चार तरिका छन् । एउटा गेम प्वाइन्ट, जसमा कति समयसम्म खेलाडी टिकिरहन सक्छ भन्ने कुरा प्रमुख रहन्छ । अर्को हिट प्वाइन्ट, जसमा दुश्मनलाई गोलि हानेको आधारमा अंक आउँछ । तेस्रो किल प्वाइन्ट, जसमा दुश्मनलाई मारेपछि निश्चित अंक आउँछ । समूहमा खेलेका बेला भने यस्तो अंक बाँडिने गर्दछ । अर्को जितपछि पनि निश्चित अंक आउँछ ।
स्तरीय ग्राफिक्स
सुरुमा कम्प्युटरमा मात्रै खेल्न मिल्ने बनाइएको भएपनि अहिले ‘पब्जी मोबाइल’ बनिसकेको छ । मोबाइलमा निःशुल्क चल्ने हुँदा यो सामान्य मान्छेको पहुँचमा पुग्यो ।पब्जी प्रचलित हुनुको महत्वपूर्ण कारण भनेको खेल जितेपछि आउने पुरस्कार हो, जुन केही अंकमा आउँछ । त्यही अंक पुनः अर्कोपटक खेल्दा काम आउँछ ।
अर्को पक्ष भनेको यसमा प्रयोग भएको ‘ग्राफिक्स’ हो, जुन असाध्यै स्तरीय छ ।पहिले प्रचलनमा रहेका काउन्टर स्ट्राइक जस्ता भिडियो गेममा भन्दा पब्जीमा धेरै कुरा समेटिएकाले पनि यो छिटो फैलिएको हो ।यसको ‘कन्ट्रोलिङ पावर’ राम्रो हुने, साथीहरुसँग मिलेर कुराकानी गर्दै खेल्न मिल्ने भएकाले पनि छिटो नै फैलिन पुग्यो । सामान्यतः दुई जीबी र्याम भएको मोबाइलमा इन्टरनेटको पहुँच हुँदा राम्ररी चल्ने भएकाले पनि अरु भिडियो गेमको तुलनामा यसको विस्तार छिटो भएको हो ।
आआफ्नै तर्क
मोबाइल, पीसी र ल्यापटपमा समेत खेल्न मिल्ने भिडियो गेम पब्जीमा पछिल्लो समय धेरै किशोर र युवाहरुको लत नै लागिसकेको थियो । विश्वमा पब्जीका कारण हत्या, आत्महत्या, झगडा, मानसिक समस्या जस्ता असर देखिन थालेपछि नीति निर्माण तहमा समेत एउटा भिडियो गेमका बारेमा चर्चा हुन थाल्यो ।कतिले यसलाई मनोरञ्जनका रुपमा मात्रै लिइनुपर्ने तर्क अघि सारे भने कतिले मानसिक समस्या नै देखाएर हिंसामा प्रेरित गर्ने भएकाले प्रतिबन्ध नै लगाउनु पर्ने बताए ।भारतको गुजरातमा पब्जी खेलेको भेटिएमा पनि कारबाही गर्ने भन्दै प्रहरीले सूचना नै जारी गरेको थियो । हालै मद्रासको अदालतले यो खेलमाथि रोक लगाएको थियो ।
नेपालमा पब्जी खेलिरहेकाहरु भने पब्जी मोबाइलभन्दा पब्जी पीसी अलि राम्रो भएको तर्क गर्छन् । पीसीमा मात्रै खेल्नेहरु मोबाइलमा खेल्नेहरुलाई कमजोर बताइरहेका हुन्छन् । पीसीमा पब्जी डाउनलोड गर्नका लागि पैसा तिर्नुपर्ने (झण्डै ३० डलर) भएकाले पनि धेरैले मोबाइलमा मात्रै खेल्ने गरेको भेटिन्छ । कतिसम्म भने नेपालमा पीसी र गेमिङ कन्सोल (प्लेस्टेसन, एक्स बक्स आदि) मा खेल्नेहरु मोबाइलमा सजिलो हुने र जस्तोसुकै व्यक्तिले पनि खेल्न थालेकाले खेलको स्तरीयता बिग्रिएको समेत आरोप लगाउँछन् ।
खेल लाइभदेखि पैसा कमाउनेसम्म
कतिपय पब्जी खेलहरु अहिले युट्युबमा पनि भाइरल बनिरहेका छन् । अझ कति पब्जी प्लेयरले त खेलिरहेको समयमा ‘ट्वीच’ नामको वेवसाइटमार्फत आफ्नो खेल लाइभसमेत गरिरहेका हुन्छन् । जहाँ हजारौँ दर्शक हेरिरहेका हुन्छन् । आफ्नो खेल लाइभ गर्नुका साथै उनीहरुले केही टिप्स पनि दिने भएकाले पब्जी खेल्नेहरु दर्शक बनेका हुन्छन् ।
नेपालमा नदेखिए पनि विदेशमा भने यस्तै लाइभमार्फत पैसा कमाउने पब्जी खेलाडी पनि धेरै नै छन् । उनीहरुको लाइभ हेरिरहेकाले पैसा पठाउने गर्दछन् । अझ पब्जीभित्रको भर्चुअल सामान बेचेर पैसा कमाउने पनि छन् । बेला बेलामा हुने पब्जी प्रतियोगिता पनि खेलाडीको पैसा कमाउने माध्यम बन्ने गरेको पाइन्छ ।नेपालमा पब्जीमाथि प्रतिबन्ध लगाइए पनि यस्तै अरु खेलहरुको भने त्यति चर्चा छैन । पब्जी जस्तै फोर्टनाइट, फ्रि–फायर, एपेक्स लिजेन्ड्स, रुल्स अफ सर्भाइभल जस्ता खेलहरु पनि छन् । जसमा युद्धकै शैली अपनाइन्छ ।
प्रतिबन्ध ठीक कि बेठीक ?
सरकारको निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सुखद प्रतिक्रिया देखिएको छ । धेरैले सही कदम चालिएको प्रतिक्रिया दिएका छन् ।पब्जी खेलका कारण कतिपयको मानसिक सन्तुलन बिग्रिएकोदेखि आत्महत्या गरेका घटनाहरुसमेत संसारका विभिन्न भागबाट आउने गरेका थिए । त्यसैले पब्जीलाई प्रतिवन्ध लगाउने कुरा अन्य देशहरुमा पनि उठ्ने गरेको छ ।मनोविदहरुका अनुसार पब्जीले खेलाडीलाई एकोहोरो बनाउँछ । उनीहरु दिनरात यसमा कसरी जित हासिल गर्ने भन्ने ध्याउन्नमा हुन्छन् । यसले उनीहरुको दैनिक व्यवहार नै प्रभावित गर्न सक्ने देखिएको छ ।
भिडियो गेम भनेको एउटा मनोरञ्जनको साधन हो । तर, पब्जी मनोरञ्जनमा मात्रै सिमित भएन । यो लागूऔषध जस्तै बन्यो । यसलाई मन्द विषको संज्ञा समेत दिने गरिएको छ । त्यसैले गर्दा पब्जीलाई प्रतिबन्ध लगाउने नागरिक हितमै देखिन्छ ।यद्यपि, व्यवहारिक पाटोमा यो प्रतिवन्धलाई कार्यान्वयन गर्न जटिल हुन सक्छ । यो एपलाई डाउनलोड गर्नै नमिल्ने बनाउने हो वा खेल्नेलाई कारवाही गर्ने हो भन्ने सरकारले प्रष्ट पारेको छैन । -अनलाइन खबर बाट साभार
Views: 0