बच्चाले खाना खान मान्दैन ? के गर्ने ? यसो गर्नुहोस्

२०७६ बैशाख ८, आईतवार २१:०१ गते २०७६ बैशाख ८, आईतवार २१:०१ गते २०७६ बैशाख ८, आईतवार २१:०१ गते

खाना खाने कार्यक्रम बनाउनुपर्छ । जस्तैः हरेक चार घण्टामा एकपटक खुवाउनुपर्छ, चारघण्टा नपुगी बिचमा सानो ठूलो खाने पिउने कुरा दिनु हुँदैन, प्यास लागेमा खान खानु दुइघण्टाअघि मात्र पानी पिउन दिनुपर्छ ।

  • – खाना खाने समय सिमित गरेर तोकिएको हुनुपर्छ, जस्तैः ३० मिनेट।
  • – बच्चालाई एक दुईवटा सामान्य खेलौना दिएर शान्त स्थानमा खाना खुवाउनुपर्छ।
  • – खाना खुवाउने व्यक्तिको मुड शान्त हुनुपर्छ।
  • – बच्चालाइ सजिलो ठाँउमा राखेर खुवाउनुपर्छ। आफैं खानसक्ने बच्चाहरुलाई उनीहरुकैलागि बनाइएको अग्लो कुर्सी (हाइ चियर)मा राखेर खुवाउनुपर्छ।
  • – बच्चालाई खाना खुवाउने व्यक्ति उसको आदर्श व्यक्ति हुनु उपयुक्त हुन्छ। जसलाई बच्चाले धेरै मन पराउने र उसले भनेको मान्ने (आइडियल म्यान) हुनुपर्छ।
  • – खानाको नियमहरुस् (आफैं खानसक्ने बच्चाहरुका लागि)
  • – बच्चाहरुले आफैंले खाना खानको लागि अभिभावकहरुले खाना नखुवाइ खाना खानको लागि सहयोग मात्र गर्नुपर्छ।
  • – खानालाई पुरस्कारको रुपमा कहिल्यै पनि दिनु हुँदैन।
  • – बच्चाहरुले खानालाई खेल बनाउन थालेमा १० देखि १५ मिनेटमा खानाको कार्यक्रम बन्द गर्नुपर्छ।
  • – खाना खाने समय खेल्ने समय होइन। खेल खेल्न थालेमा खानामा ध्यान रहँदैन र खाना नखाने सम्भावना बढी हुन्छ।
  • – बच्चाहरुले खाना खाने समयमा रिसाएर खाना फाल्न थालेमा तत्कालै खाना खुवाउने काम बन्द गर्नुपर्छ।
  • – खाना खाने समयको नियम (आफैं खानसक्ने बच्चाहरुका लागि)
  • – खाना खाने कुरासँग सम्बन्धित नियमहरु बनाएकै हुनुपर्छ। जस्तैः खाना खाने ठाँउबाट नउठ्ने, खाना नफाल्ने लगायतका नियमहरु बच्चाको उमेरको आधारमा निर्धारण गर्नुपर्ने हुन्छ।दुई तीनवटा नियमबाट शुरु गरेर बच्चाहरुको खाने समय र खाने बानी सिकुन्जेलसम्म बिस्तारै बिस्तारै नियमहरु थप्दै लैजानुपर्छ।
  • – बच्चाहरुले खाना खाने समयको नियमहरु सबै नसिकुन्जेलसम्म हामीले सधैं खाना खानु अघि नम्र भएर नियमहरु सम्झाउनु पर्छ।
  • – खाना खाने समय रमाईलो हुनुपर्छ। बच्चाहरुसँग कुराकानी गर्नुपर्छ। बच्चाले राम्ररी खाना खाएमा पनि धेरै धन्यवाद दिएर फुर्क्याउनु हुँदैन र कम खाएमा कराउनु वा गाली गर्नु हुँदैन।
  • – खाना खाने समयको नियम पालना नगरेमा फेरि नियम पालना गर्न भन्ने र फेरि पनि ९तेश्रो पटक० नियम पालना नगरेमा ती नियमहरुलाइ केही समयका लागि स्थगित गरी फेरि शुरु गर्नुपर्छ।
  • – बच्चालाइ खुवाउँदा थोरै खानाबाट शुरु गर्नुपर्छ, बच्चालाई दिएको खाना खाएमा राम्रो कुराहरु भन्नुपर्छ र उसलाइ राम्रो कुराका लागि खाना थप्न प्रेरित गर्नुपर्छ।
  • – खाना खाने समय सकिएमा खाना नसकिएकै अवस्था भए पनि प्लेट उठाउनु पर्छ। खाना नसकीएको भए अभिभावकले बच्चाहरुलाइ कराउने गाली गर्ने गर्नु हुँदैन।
  • – अर्को खाना सम्म बच्चालाई मिठाइ र चक्लेटहरु लगायतका चिजहरु खान दिनु हुँदैन।
  • – बीचमा खान खोजेमा र खानाका लागि जिद्दी गरेमा नियमलाई केही समयका लागि बन्द गरेर फेरि हार नमानी सोही नियमलाई निरन्तरता दिनुपर्छ। बच्चाहरुले नियम धेरै तोड्ने गरेमा नियम पालना गर्ने बानी सिक्नका लागि ढिलो हुनसक्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *