झापामा १६ करोडको वायोग्यास प्लान्ट…

२०७६ बैशाख ९, सोमबार ०८:३४ गते २०७६ बैशाख ९, सोमबार ०८:३४ गते २०७६ बैशाख ९, सोमबार ०८:३४ गते

बिर्तामोड : अर्थमन्त्री डा.युवराज खतिवडाले चिया उद्योगीलाई मजदुरको समस्या समाधान गर्न निर्देशन दिएका छन्। झापाको कनकाई नगरपालिकामा शनिबार आयोजित बायोग्यास प्लान्ट शिलान्यास कार्यक्रममा मन्त्री खतिवडाले मजदुरको जीविकोपार्जन नहुने पारि श्रमिक दिएर अब उद्योग चलाउँछु भन्ने दिन नरहेको बताए।‘मजदुरको ज्याला कम भएपछि सबै उद्योग प्रतिस्पर्धी हुन्छन् र विकास गर्न सकिन्छ भन्ने पुरानो भनाइ अहिले छैन’, अर्थमन्त्री खतिवडाले भने, ‘अब उद्योगलाई प्रतिस्प्रधि बनाउन ठूलो लगानी र अन्वेषणका साथै नयाँ प्रविधिमा लगानी आवश्यक छ।’

उनले चिया मजदुरलाई एक तहको पारि श्रमिक सरकारले निर्धारण गरेको र त्यो लागू गर्दै मजदुरको जीविका चल्ने कति पारि श्रमिक हुन्छ त्यो आपसी समझदारीमा छलफल गरेर मजुर आन्दोलन रोक्न उद्योगीलाई सुझाव दिए। चिया मजदुरका नेता र व्यवसायीसँग बसेर आपसी समझदारीमा चाँडो समाधान खोज्न निर्देशन दिएकाले छिट्टै समस्याको समाधान हुनेमा आशावादी रहेको खतिवडाको भनाइ छ। ‘यो समस्यालाई सरकारले मात्रै समाधानको प्रयास खोजेर हुँदैन। चिया बगानमा चिया टिपेका र पिटाएका दुवै पक्ष बसेर समाधान निकाल्न आवश्यक छ,’ मन्त्री खतिवडाले भने।अर्थमन्त्री खतिवडाले शनिबारनै कनकाई नगरपालिमा १६ करोड ७० लाख लागतमा बन्न लागेको बायोग्यास प्लान्टको शिलान्यास गरेका छन्। झापाका तीन नगरपालिका बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन लिमिटेडले बनाउन सुरु गरेको सो बायोग्यास प्लान्टका लागि बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत अनुदान दिएको छ भने अन्य रकम सेरमा लगानी गरिएको छ। प्लान्ट नेपालमा यो सबैभन्दा ठूलो रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed