बिहेको पाँच दिनमै यो वियोग, यस्तो त शत्रुलाइ पनि नहोस् ।

२०७६ बैशाख १०, मंगलवार ०८:४७ गते २०७६ बैशाख १०, मंगलवार ०८:४७ गते २०७६ बैशाख १०, मंगलवार ०८:४७ गते

सिर्जना र सन्दीप। सन्दिपको सडक दुर्घटनामा मृत्यु भयो। घाइते सिर्जनाको उपचार भइरहेको छ।
दमौली : पोखरा ७ मासबार निवासी सिर्जना राउतले बिहे गरेको खुसी यति चाँडै अन्त्य होला भन्ने सोचेकी थिइनन्। तर सोमबार दिउँसोको एक पलले उनको जीवनमा अन्धकार ल्याइदियो।वैवाहिक साइनो गाँसेको पाँच दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा उनका पति कास्की पोखरा महानगरपालिका ३३ पुम्दी निवासी ३१ वर्षका सन्दीप कुँवरको मृत्यु भयो। दुर्घटनामा घुँडा भाँचिएकी सिर्जनाको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।पढ्नका लागि पोखरा आएकी सिर्जना स्थानीय सञ्चार उद्यमी उमनाथ बरालको प्रेसमा काम गर्छिन्। मेहनती र लगावपूर्ण रुपमा काम गरेकी राउतलाई उनै प्रेस धनी बरालले जोडी खोजिदिएका थिए।

सिर्जनालाई सानिमाको घर दमौली घुमाएर पोखरा छाडेर आफू काठमाडौं काममा जाने तयारीमा थिए, सन्दीप। बरालका अनुसार सानिमासँग भेटघाट गरेर पोखरा फर्कने उनीहरूको तयारी थियो।

‘परीक्षाका कारण श्रीमतीलाई पोखरा छाडेर उनी काठमाडौं जाँदै थिए,’ बरालले भने, ‘तर नसोचेको घटना भइदियो।’

खाल्डाखुल्डीले बढायो दुर्घटना

सन्दीप सवार मोटरसाइकल बसमा ठोकिनुमा सडकको खाल्डाखुल्डी कारक रहेको ट्राफिक प्रहरीको ठम्याई छ। ‘सडकमा खाल्डाखुल्डी हुँदा मोटरसाइकल नियन्त्रणमा आउन सकेन र जोगिन खोज्दा बससँग ठोकिएको देखिन्छ,’ ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले भने।

तनहुँको पृथ्वी राजमार्गका विभिन्न भागमा सडकमा स–साना खाल्डाखुल्डी धेरै भागमा छन्। शुक्लागण्डकी नगरपालिकाको हलेदीदेखि कोत्रेसम्मको सडकको अवस्था पनि बिग्रिएको छ।लामो समयदेखि मर्मतका लागि आवाज उठे पनि काम नसकिँदा त्यस खण्डमा पनि केहीले ज्यान गुमाइसके। तर सडक डिभिजनले भने मर्मतमा तदारुकता देखाउन सकेको छैन। यसले गर्दा ज्यान जानेको संख्या बढिरहेको छ।ट्राफिक प्रमुख अधिकारी सडकको स्तर नसुध्रँदासम्म दुर्घटना रोक्न जतिसुकै प्रयास गरे पनि सम्भव नहुने बताउँछन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *