इटहरी ४ स्थित एक महिलाको हत्या गरिएको छ । समातिएका हत्याराले हत्या गरेको स्विकार गरेका छन् । इटहरी ४ स्थित माङ्गहिम टोलमा डेरा गरी बस्ने बर्ष ३० की सोनिया राईको हत्या सोही घरमा डेरा गरी बस्ने लालबहादुर राईले गरेका हुन् । साँझको समयमा ति महिलाको हत्या भएको हो । हत्या गरेर भाग्दै गरेको अवस्थामा राई पक्राउ परेका छन् । महिला र राईबिच सोल्टीको नाता पर्छ । मृतक महिला बिवाहित र दुई सन्तानकी आमासमेत हुन् । उनकी १३ वर्षकी छोरी सन्जीता र ९ वर्षको छोरा प्रतिक छन् ।
र याे पनि : बिजुलीको पोलमा काम गर्दा करेन्ट लागेर भुवनको ज्यान गयो, अहिले शव बिजुलीको तारमा झुन्डिएको अवस्थामा छ
काठमाडौं – गोरखामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा अन्दाजी ३५ वर्षीय भुवन अधिकारी रहेका छन् ।उनको गोरखाको गण्डकी गाउँपालिका–३ साबिकको फुजेल गाविसमा बिजुलीको पोलमा काम गर्न जाँदा करेन्ट लागेर ज्यान गएको हो ।
उनको बिहान ८ः३० बजे बिजुलीको पोलमा काम गर्न जाँदा करेन्ट लागेर ज्यान गएको हो । स्थानीय धुव्र दुवाडीका अनुसार प्राधिकरणको लापरबाहीको कारण भुवनको तत्काल करेन्ट लागेर मृत्यु भएको हो ।’ अहिले उनको शव बिजुलीको तारमा झुन्डिएको अवस्थामा रहेको बताइएको छ ।
र याे पनि : ग्यास चलाउन न आएमा जन-धनको क्षेतीहुन बाट बच्न यस्ता सावधानी हरु अपनाउनुहोस
खाना पकाउनका लागि ग्यास अनिवार्य बनिसकेको छ । पछिल्लो समय त गाउँगाउँमा समेत ग्यास लिएर राख्ने प्रचलन बढ्दो छ । तर, सही ढंगले ग्यासको प्रयोग नगर्दा यसले ठूलो दुर्घटना पनि निम्त्याउन सक्छ । बुधबार मात्र पनि वीरगन्जको सुपर ग्यास उद्योगमा ठूलो आगलागी भएको छ ।ग्यास अति प्रज्वलनशील पदार्थ भएकाले प्रयोगमा सावधानी अपनाउन जरुरी छ ।
यसबारे कस्ता सावधानी अपनाउने त ?
१. अहिले बजारमा प्लास्टिकका ग्यास पाइप प्रशस्त मात्रामा पाइन्छन् । यस्तो पाइप सस्तो हुने भएकाले धेरैले प्रयोग गर्ने गरेको पनि पाइन्छ । तर, ग्यासमा प्लास्टिकको नभई रबरको पाइप प्रयोग गर्नुपर्दछ । यो बलियो र छिटो नजल्ने हुन्छ । ग्यास पाइपलाई मुसालगायतले नकाटोस् भनी फलामको रिङले अनिवार्य रूपमा बेर्नुपर्छ र यस्तो पाइप प्रत्येक दुई वर्षमा परिवर्तन गर्न आवश्यक छ ।
२. बजारमा गुणस्तरहीन रेगुलेटरको पनि बिगबिगी छ । त्यसैले, नेपाल गुणस्तर चिह्न अंकित रेगुलेटर मात्र प्रयोग गर्नुपर्दछ । नेपालमा सीमापारिका गुणस्तरहीन रेगुलेटर भित्रिरहेका छन् । यस्ता रेगुलेटरको बिक्रीमा सरकारले पनि बन्देज लगाउन आवश्यक छ ।
३. कहिल्यै पनि कुच्चिएको ग्यास सिलिन्डर प्रयोग गर्नुहुँदैन । सिलिन्डरको म्याद नाघेको छ वा छैन भन्ने विषयमा पनि धयान दिन जरुरी हुन्छ । प्रत्येक १० वर्षमा सिलिन्डरको टेस्ट गरी छाप लगाइएको हुन्छ । यस्ता कुरालाई विशेष ध्यान दिन जरुरी हुन्छ ।
४. ग्यास खरिद गर्दा पनि विभिन्न कुरामा ध्यान दिनुपर्दछ । विक्रेता प्रमाणीकरण गरिएको कम्पनीको आधिकारिक डिलर, डिलरका लागि स्वीकृति दिइएका र सरकारी मापदण्ड पूरा भएका ठाउँबाट मात्र ग्यास खरिद गर्नुपर्छ । सकेसम्म फायरफाइटिङ, तराजु मेसिन अनिवार्य भएको डिलरबाट ग्यास किन्दा जोखिम कम हुन्छ ।
५. व्यावसायिक घरानाहरूमा आवश्यक मापदण्ड बनाई त्यसअनुरूप ग्यासको प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्ता घरानामा अत्यधिक रूपमा ग्यास खपत हुने भएकाले सम्भावित घटनालाई कम गर्नका लागि अक्सिजन र ग्यास ब्यालेन्स गरेर मात्र प्रयोग गर्नुपर्दछ ।
Views: 0