‘स्मार्ट घलेगाउँ’का घरमा रातो रङ, आँगनमा पर्यटकको रमझम

२०७६ बैशाख १२, बिहीबार ०६:०९ गते २०७६ बैशाख १२, बिहीबार ०६:०९ गते २०७६ बैशाख १२, बिहीबार ०६:०९ गते

आन्तरिक पर्यटकको रोजाइमा पर्ने होमस्टे गाउँ हो, घलेगाउँ । लमजुङको क्व्होलासोंथर गाउँपालिकाको घलेगाउँ हरेक दिन पाहुनालाई गाउँ भित्राउँछ । अधिकांश ढुंगा र टिनले छाएका घरका आँगन नचरी, सोरठीले गुञ्जिन्छ ।होमस्टे र प्रकृतिको पारखीका लागि घले र गुरुङको बसोबार रहेको घलेगाउँ उत्कृष्ट गन्तव्य हो । अन्नपूर्ण र लमजुङ हिमालको काखैमा रहेको घलेगाउँलाई सार्ककै नमूना ‘स्मार्ट भिलेज’को रुपमा विकास गरिएको छ ।नमूना स्मार्ट भिलेजको बाटोमा हिँडिरहेको घलेगाउँमा दैनिक सरदर १५० जना पर्यटक पुग्ने गाउँपालिका अध्यक्ष प्रेम घले बताउँछन् ।

समान किसिमका घर । मोटरबाटो, बिजुली, इन्टरनेट सुविधा । गाउँकै उत्पादन र अर्गानिक खानाको स्वाद । निधारभरी दही र चामल मिलाइएको सेता अक्षतासहित न्यानो आथित्य र सत्कार । घलेगाउँमा पर्यटकको रोजाइ हुनुका पछाडि यी कुराको भूमिका छ । अब त्यसमा अर्को विशेषता पनि थपिँदै छ, सबै घरमा समान रङ ।

घलेका गाउँका सबै घरका टिनका छाना र भित्ता गाढा रातो रङले सजिदै छ । ‘स्मार्ट भिलेज बनाउने अभियान गएको वर्षदेखि थालेका हौं । सुविधा गाउँसम्मै पुर्‍याउएर पलायन रोक्ने, पर्यटकलाई आकषिर्त गर्न होमस्टे गाउँलाई व्यवस्थित गरिरहेका छौं,’ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले भने, ‘स्मार्ट भिलेजका सबै घरमा एउटै रङ पोत्न थालिसकेका छौं । यसले गाउँलाई थप आकर्षक र समान देखाउने छ ।’गाउँपालिकाले गएको वर्षदेखि नै समान रातो रङ पोत्ने अभियान थालिसकेको छ । यो अभियानमा प्रदेश सरकार पनि हात मिलाउन आइपुगेको छ । स्मार्ट भिलेजका घरमा रातो रङ पौतन र गाउँलाई अझ व्यवस्थित गराउन गण्डकी प्रदेश सरकारले २९ लाख २५ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।‘स्मार्ट भिलेजका लागि स्थानीय सरकारसँगको साझेदारीमा अनुदान दिने निर्णय भएको छ,’ गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘गण्डकी प्रदेश सरकारले जति नै स्थानीय तहले पनि रकम छुट्याउने छ ।’ घलेगाउँलाई स्मार्ट भिलेज अभियानको गएको पुसमा मुख्यमन्त्रीले शुभारम्भ गरेका थिए ।स्मार्ट भिलेज हुन गाउँमा भरपर्दो इन्टरनेट, टेलिफोन सेवा, गाउँ सफा र शान्त चाहिने मुख्यमन्त्री पृथ्वीसुब्बाको भनाइ छ । सुविधा र पूर्वाधार पूरा गर्दै घलेगाउँलाई स्मार्ट बनाएर सार्ककै नमूना गाउँ बनाउन लागिएको मुख्यमन्त्री गुरुङले बताए ।स्मार्ट भिलेजमा गुरुङ संग्रहालय, चियाबारी, भेडीगोठ व्यवस्थित हसने छन् । बाटो वरपर फूल, गाउँका बाटोमा सिँढी निर्माण गरिने छ भने भएका सिँढी मर्मत गरिने गाउँपालिका अध्यक्ष घलेले जानकारी दिए ।

घलेगाउँमा करिब १२० घर छन् । जहाँका ३३ घरमा होमस्टे चलाइएको छ । पराराष्ट्रमन्त्री स्तरीय बैठक बसेपछि घलेगाउँ अझ बढी चर्चामा आएको थियो । गणतन्त्र स्थापनापछि पराराष्ट मन्त्रालयले परराष्ट्र साकै बैठक घलेघाउँमा भएको थियो । त्यही बैठकले घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँ घोषणा गरिएको थियो ।गाउँमा २०५७ सालबाट होमस्टे चलाइएको भए पनि अरु गाउँजस्तै जनयुद्धले प्रभावित बन्यो ।शाान्ति स्थापनापछि घलेगाउँले दिनहुँ पाहुनालाई स्वागत गरिरहेको अध्यक्ष घले बताउँछन् । घलेगाउँले ६ सय वर्षभन्दा पुरानो इतिहास बोकेको गाउँले बताउँछन् ।लमजुङ सदरमुकाम बेसीसहरदेखि ३२ किलोमिटर दुरीमा रहेको घलेगाउँमा साँच्चिकै नमस्ना बनाउन गाउँपालिका लागिपरेको अध्यक्ष बताउँछन् । ‘स्मार्ट मान्छेहरु बसोबास गर्ने, स्मार्ट पाहुना राख्ने स्मार्ट गाउँ बनाउने अभियानमा हामी छौं,’ अध्यक्ष घलेले भने, ‘अभियानमा प्रदेश सरकारले पनि हात मिलाएको छ । संघले पनि मिलाउने छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *