राष्ट्रपतिको चीन भ्रमणमा ४ सम्झौतामा हस्ताक्षर हुने

२०७६ बैशाख १२, बिहीबार २१:०३ गते २०७६ बैशाख १२, बिहीबार २१:०३ गते २०७६ बैशाख १२, बिहीबार २१:०३ गते

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा बिभिन्न चार वटा सम्झौतामा हस्ताक्षर हुने भएको छ ।मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विभिन्न चार वटा सम्झौतमा हस्ताक्षर हुने जानकारी दिएका हुन् ।उनका अनुसार राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल सरकार र चीन सरकारबीच नेपालको भन्सार विभाग र चीनको भन्सार प्रशसनबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।

यस्तै, नेपाल सरकारलाई चीन सरकारबाट प्राप्त हुने एक अर्ब युआन (करिब रु.१६ अर्ब ८० करोड) साहायता स्वीकार गर्ने र गुणस्तरसम्बन्धी विषयमा सहयोग सम्बन्धी नेपाल र चीनबीच हस्ताक्षर हुने समझदारीपत्र मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।यस्तै सांस्कृतिक, पुरातात्विक वस्तुहरुको अवैध ओसारप्रसार र चोरी निकासी रोक्नेसम्बन्धी सम्झौतामा पनि राष्ट्रपति भण्डारीको चीन भ्रमणकै क्रममा हस्ताक्षर गर्ने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिए ।बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीन भ्रमणका गएकी छन् । राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *