युएईसँग नयाँ श्रम समझदारी गर्न जुट्यो सहमति

२०७६ बैशाख १२, बिहीबार २१:०७ गते २०७६ बैशाख १२, बिहीबार २१:०७ गते २०७६ बैशाख १२, बिहीबार २१:०७ गते

१२ वैशाख, काठमाडौं । युएईसँग नयाँ श्रम समझदारी (एमओयू)को मस्यौदामा सहमति जुटेको छ । दुई दिनदेखि युएईका श्रम अधिकारीसँग काठमाडौंमा भएको बैठकमा समझदारीका लागि सहमति जुटेको हो ।दुबै देशका प्राविधिक टोली सन् २००७ को श्रम समझदारीलाई विस्थापन गर्ने गरी नयाँ एमओयू गर्न सबै विषयमा सहमतिमा पुगेको रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।मन्त्रालयका एक अधिकारीका अनुसार समझदारीको मस्यौदामा मलेसियासँग भएको श्रम समझदारीजस्तै उन्नत रुपमा श्रमिकका सवालहरु सम्बाधेन गर्न खोजिएको छ ।अब दुबै देशको मन्त्रिपरिषद बैठकले यो समझदारीको मस्यौदालाई पारित गरेपछि औपचारिक हस्ताक्षरका लागि मिति तय हुनेछ ।‘शून्य लागतमा कामदार लैजाने र श्रमिकको आर्थिक तथा समाजिक सुरक्षाका सवालमा महत्वपूर्ण ढंगबाट सहमति जुटेको छ’ मन्त्रालयको ती अधिकारीले भने ।युएईसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भसकेेको थियो । पहिलो चरणमा युएईले पठाएका मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै सोही देश पुगेर आफ्ना एजेन्डा स्पष्टसँग राखेको थियो ।नेपालले यसअघि नै युएईसँग एमओयू गरे पनि त्यो कामदारको पूर्ण हितमा थिएन । अब अन्तर्राष्ट्रिय रुपमा स्थापित श्रम अधिकारका सवालहरु राखेर लाई नयाँ समझदारी गर्न सहमति जुटेको छ ।एमओयू गर्दा श्रमिकलाई व्ययभार नपर्ने गरी आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी हुने दावी मन्त्रालयको छ । यसअघि नेपाली टोलीले माघ १६ र १७ गते यूएईसँग श्रम समझदारीबारे वार्ता गरेको थियो ।अब तत्कालै ओमानसँग पनि समझदारी टुंग्याउने गरी वार्ता हुँदैछ । गोकर्ण बिष्ट श्रममन्त्री भएपछि नेपालले जापान र मलेसियासँग श्रम समझदारी गरिसकेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *