प्रहरीले दुरसंचार ऐन विपरित सीम कार्डको विक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाका दिलबहादुर खत्री र राजकुमार दाहाल छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले बुधबार दिउँसो बालाजुबाट पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले बताए ।उनका अनुसार पक्राउ परेका दुई जनाले दुरसञ्चार कम्पनीले निर्धारण गरेको सर्त तथा मूल्य समेत फरक पारेर ग्राहकको पहिचान खुल्ने कागजात समेत नराखी एनसेल र एनटीसीको सीम कार्ड विक्री गरेका थिए ।पक्राउ परेका दुवै जनामाथि दुरसञ्चार ऐन, २०५३ को कसूर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0