हट्यो टिकटकमाथिको प्रतिबन्ध

२०७६ बैशाख १२, बिहीबार २२:१६ गते २०७६ बैशाख १२, बिहीबार २२:१६ गते २०७६ बैशाख १२, बिहीबार २२:१६ गते

काठमाडौं । विश्वमै चर्चित एव टिकटकलाई भारतमा रोक लगाउन निकै प्रयास भए । मद्रास उच्च अदालतले केन्द्रिय सरकारलाई आदेश दिँदै टिकटकमाथि प्रतिबन्ध लगाउन भनेको थियो । मद्रास उच्च अदालतले टिकटकमा अश्लिल सामा ग्रीहरु भएको र त्यसले बालबालिकामाथि असर परेको भन्दै टिकटक प्रतिबन्ध लगाउन भनेको थियो । यता सुप्रिम कोर्टले टिकटकमाथि रोक फुकाउन सरकारलाई आदेश दिएको थियो । केही सिप नलागेपछि भारतले गुगल र एप्पललाई भारतमा टिकटक एप हटा उन पत्रकार गरेको थियो ।एप्पल र गुगलले भारतमा टिकटकको एप हटाईसकेको छ । त्यसपछि कसैले टिकटक डाउनलोड गर्न पाएका थिएनन् ।जतिले डाउनलोड गरेका थिए उनीहरुले मात्र चलाउन पाएका थिए ।यता टिकटकको चिनियाँ कम्पनी बाइटडांसले भने सुप्रिम कोर्टमा उच्च अदा लतको फैसलाबिरुट रिट दायर गरेको थियो । अन्तत: चिनियाँ कम्पनीले उक्त मुद्धा जितेको छ । सोही कारण मद्रास उच्च अदालतले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ । मद्रास उच्च अदालतले अप्रिल ३ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। ठिक २१ दिनपछि उसले रोक हटाएको छ ।चिनियाँ कम्पनीले भारतमा टिकटकमाथि रोक लगाउँदा आफुलाई दैनिक ५ लाख डलर नोक्सान भएको भन्दै सुप्रिम कोर्टमा उच्च अदालतको फैसालबिरुद्ध रिट दायर गरेको थियो । यता भारतमा अहिलेसम्म ३० करोडभन्दा बढि पटक टिकटक एप डाउनलोड भई सकेको छ । –एजेन्सीको सहयोगमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed