माइक्रोसफ्ट बन्यो १० खर्ब डलरको तेश्रो सार्वजनिक कम्पनी

२०७६ बैशाख १३, शुक्रबार ०९:०५ गते २०७६ बैशाख १३, शुक्रबार ०९:०५ गते २०७६ बैशाख १३, शुक्रबार ०९:०५ गते

काठमाडौं । अमेरिकी कम्पनी माइक्रोसफ्टको बजार मूल्य पहिलो पटक १० खर्ब डलर नाघेको छ । शेयर बजारमा कम्पनीको शेयर मूल्यमा अपेक्षा गरिएभन्दा बढोत्तरी भएसँगै माइक्रोसफ्टको मूल्य बिहीबार १० खर्ब डलर नाघेको हो ।यो सँगै माइक्रोसफ्ट १० खर्ब डलर बजार भाउ भएको विश्वकै तेश्रो सार्वजनिक कम्पनी बनेको छ । यसअघि एप्पल र अमेजनले १० खर्ब डलर मूल्यको कोशेढुंगा पार गरेका थिए ।माइक्रोसफ्टको क्लाउड बिजनेसमा भएको वृद्धिसँगै कम्पनीको शेयर मूल्यमा पछिल्लो एक वर्षमा एक तिहाइले वृद्धि भएको छ ।बुधबार मात्रै माइक्रोसफ्टले सन् २०१८ को चौथो त्रैमासिकको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीको आम्दानीमा १४ प्रतिशतले वृद्धि भएको जनाएको थियो । उक्त त्रैमासिकमा माइक्रोसफ्टले ३० अर्ब ६० करोड आम्दानी गरेको छ । त्यस्तै खुद मुनाफामा १९ प्रतिशतले वृद्धि भएर ८ अर्ब ८० करोड पुगेको छ ।

सत्य नादेलाको नेतृत्वमा माइक्रोसफ्टले पछिल्ला वर्षहरुमा क्लाउड बिजनेसमा आफ्नो उपस्थिति बढाएर विन्डोज अपरेटिंग सिस्टममाथिको निर्भरता घटाएको छ ।स्मरण रहोस् गत अगष्टमा एप्पल विश्वकै पहिलो १० खर्ब डलरको सार्वजनिक कम्पनी बनेको थियो भने त्यसको एक महिनापछि अमेजनले त्यो कोशेढुंगा पार गरेको थियो । तर सन् २०१८ को अन्त्यतिर शेयर बजार खस्किँदा दुवै कम्पनीको मूल्य घटेर १० खर्बभन्दा कम हुन पुगेको थियो ।यद्यपि सन् २००७ मा पेट्रोइ चाइना कम्पनी पनि १० खर्ब डलरको कम्पनी बनेको थियो । तर उक्त कम्पनीमा अधिकांस हिस्सा चिनियाँ सरकारको रहेको छ । अहिले सो कम्पनीको बजार मूल्य २ खर्ब डलर रहेको छ ।
-एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *