गृहमन्त्री थापाकाे पुर्ख्यौली गाउँमा झाडापखालाको महामारी

२०७६ बैशाख १३, शुक्रबार ०९:४७ गते २०७६ बैशाख १३, शुक्रबार ०९:४७ गते २०७६ बैशाख १३, शुक्रबार ०९:४७ गते

गुल्मी : मुसिकोट नगरपालिका–४ मा रहेको दजाकोट गाउँ यतिबेला झाडापखालाको चपेटामा परेको छ। दजाकोटका ७५ घरधुरीका बालबालिकादेखि वृद्धवृद्धासम्म सयौँ जना चार दिनदेखि झाडापखाला प्रभावित बनेको स्थानीय शिक्षक दुर्गा रासकोटीले बताए। संक्रमण थप बढ्ने डरले दुई दिनदेखि स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयसमेत बन्द गरिएको उनले जानकारी दिए। दजाकोटमा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा नेतृत्वमा वामी टक्सारबाट स्वास्थ्यकर्मी पुगेर त्यस विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। ‘१५\२० जनालाई सलाइन पानी चढाइँदै छ’, सापकोटाले भने, ‘केहीलाई जिल्ला अस्पताल पठाउने तयारीमा छौँ।’ नगरप्रमुख सोमनाथ सापकोटाका अनुसार नुरखोला मुहानको पानी पिउने सबै घरधुरी छाडापखलाको चपेटामा परेका हुन्।

‘आगलागीका बेला हामीले पाइप उपलब्ध गराएर यो गाउँमा अस्थायी रूपमा नुरखोला लालाङ्ली मुहानको पानी खुवाएका थियौँ’, उनले भने, ‘मुहानको तलबाट त्यस दजाकोटवासीले पानी ल्याएर पिउँछन्, त्योभन्दा अलि माथिको मुहानमा स्थानीयले कपडा धुन्छन्।’ २०७३ साल वैशाख १८ गते लागेको आगो नियन्त्रणमा लिन नसक्दा दजाकोटमा ५६ घरधुरी जलेर नष्ट भएको थियो। घर गोठसहित ७० वटा जलेको १० करोड भन्दा बढीको क्षति भएको त्यस विपद व्यवस्थापनमा अगुवाइ गरेका हरिप्रसाद छन्त्यालले बताए। स्थानीयका अनुसार करिब १५ वर्षअघि पनि यहाँ यस्तै खालको झाडापखालाको महामारी फैलिएको थियो। दजाकोट गृहमन्त्री रामबहादुर थापाको पुर्ख्यौली थलो हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *