श्रीमानले आगाे लगाउँदा घाइते भएकी कञ्चनकाे उपचारका क्रममा मृत्यु

२०७६ बैशाख १४, शनिबार ०७:३१ गते २०७६ बैशाख १४, शनिबार ०७:३१ गते २०७६ बैशाख १४, शनिबार ०७:३१ गते

सिरहा – श्रीमानले मट्टीतेल खन्याएर जलाएकी कञ्चनदेवी मण्डल खत्वेको उपचारको क्रममा मृत्यु भएको छ ।घरायसी विवादमा सिरहा नगरपालिका ८ की २१ वर्षीया कञ्चनलाई उनका पति बेचन मण्डल खत्वेले बिहीबार मट्टीतेल खन्याएर जलाएका थिए ।आगोले कञ्चनकाे शरीरकाे ८० प्रतिशत भाग जलेकाे थियाे । कञ्चनको उपचारका क्रममा शुक्रबार पौने ६ बजे काठमाण्डाैको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानबाट रेफर गरिएकी कञ्चनलाई शुक्रबार दिउँसो सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएको केही घण्टापछि उनको ज्यान गएको माइतपक्षले जनाएको छ ।बिहीबार बिहान झण्डै ११ बजेको समयमा घरायसी विवादमा कञ्चनलाई जिउमा आगो लगाएर श्रीमानले जलाएका थिए । आगोले शरीरको ८० प्रतिशत भाग जलेकोले अवस्थामा गम्भीर घाइते फेला परेकी कञ्चनको तत्कालै उपचारका लागि धारान लगिएको थियो । घटनापश्चात कञ्चनका पति बेचन फरार छन् भने उनकी सासूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।माइत पक्षले पति र सासूले छोरीलाई मट्टीतेल खन्याएर जलाएको दाबी गरेको छ ।उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed