बनारसको पशुपतिनाथ मन्दिर स्थानीय बाबाद्वारा कब्जा प्रयास, विवाद पुग्यो दूतावासम्म

२०७६ बैशाख १४, शनिबार ०७:३७ गते २०७६ बैशाख १४, शनिबार ०७:३७ गते २०७६ बैशाख १४, शनिबार ०७:३७ गते

बनारस– बनारसमा रहेको करिब दुई सय वर्ष पुरानोे नेपाली पशुपतिनाथ मन्दिर स्थानीय बाबाले कानूनी रुपमा नै कब्जा गर्ने प्रयास गरेपछि विवाद दिल्लीस्थित नेपाली दूतावाससम्म पुगेको छ।मन्दिरमा बस्दै आएका स्थानीय बाबा गुलाब यादवले मन्दिरको एक चौथाइ जायजेथा सहित कब्जा गर्न खोजेपछि विवाद उत्तर प्रदेश सरकार हुँदै नेपाली दूतावाससम्म पुगेको दूतावास कर्मचारीले बताएका छन्।दूतावासका अनुसार विंस १८९८ मा ऐतिहासिक, पौराणिक तथा धार्मिक महत्वको ललिताघाटमा बनेको पशुपतिनाथ मन्दिर नेपाल सरकारको खर्च र व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ।बनारसका नेपालीले मात्र नभएर त्यहाँका स्थानीयले पनि पूजाआजा गर्दै आएका छन्।परम्परा अनुसार मन्दिरमा बस्ने बाबाका चेला उत्तराधिकारी हुने परम्परा छ। त्यसैअनुसार स्थानीय गुलाब यादवले मूल बाबाको निधनसँगै आफूलाई स्वघोषित बाबा दाबी गर्दै मन्दिरको एक चौथाइ स्थानका लागि कानूनी लडाइँमा उत्रिएका छन्।मन्दिर सहितको बहूमल्य सम्पत्तिमा उनले आँखा गाडेपछि विवाद सुरु भएको हो।साम्राज्यश्वर पशुपतिनाथ मन्दिर तथा धर्मशाला सञ्चालन समितिका ट्रष्टी टेकनारायण आचार्यले नेपालीको आस्था र विश्वासप्रति नै बाबाले खेलवाड गरेको बताए।आचार्यका अनुसार उनले मन्दिरको सम्पत्ति आफ्ना नाममा गरेर अतिक्रमण गर्न खोजेपछि विवाद सुरु भएको हो। प्रलोभनमा परेर स्थानीय राजनीतिक कार्यकर्ताले यादवलाई सर्मथन गरकोले स्थानीय स्तरमा विवाद मिलाउन कठिन भएकोले दूतावाससम्म पुग्नु परेको जानकारी गराए।हाल सम्पत्ति करोडौ रुपैयाँ बराबरको छ। त्यसैले नेपाल सरकारको सम्पत्ति भएकोले सरकारले ट्रष्टीहरुलाई साथ लिएर उपाय खोज्नुपर्ने उनको राय छ।दिल्लीस्थित दूतावासलाई समयमै जानकारी गराएको उनले बताए। आचार्यका अनुसार उक्त मुद्दा बनारस जिल्ला अदालतसम्म पुगेको भएपनि बाबा भनिएका स्थानीय यादवलाई पक्षपोषण हुनेगरी मुद्दा खारेज गरिदिएपछि दिल्लीस्थित दूतावाससम्म पुगेको जानकारी गराए।राणा शासन अगावै विंस १८९८ मा मन्दिर नेपालका राजपरिवारले बनाएको उल्लेख छ। हालसम्म मन्दिरसँगै रहेको धर्मशाला सञ्चालन गर्न नेपालस्थित गुठी संस्थानबाट आशिंक खर्च आउने गरेको छ।दिल्लीस्थित दूतावासका सांस्कृतिक विभागका प्रमुख होम प्रसाद लुइँटेलले भारतमा रहे पनि सरकारी स्वामित्वको उक्त मन्दिर नेपाल सरकारको सम्पत्ति भएको बताए।मन्दिर ट्रष्टीसिप अन्र्तगत सञ्चालित छ, जहाँ १४ सदस्यीय ट्रष्टी रहने व्यवस्था छ। त्यसमध्ये दिल्लीस्थित दूतावासका नेपाली राजदुत पदेन सदस्य रहने व्यवस्था छ। अहिले मन्दिरमा अनावश्यक विवाद सिर्जना भएको उनले बताए।उनले भने, ‘नेपाल सरकारको सम्पत्ति कसैले कब्जा गर्न खोज्नु गलत हो। त्यसविरुद्ध भारतीय कानुनअनुसार कानूनी उपचारसम्म खोज्न दूतावास क्रियाशील छ।’कब्जा विवादका बारेमा उत्तर प्रदेश सरकार प्रमुख आदित्यनाथ समक्ष दूतावासका तर्फबाट जानकारी गराएको लुइँटेलले बताए। आदित्यनाथले बुझेर समाधान निकाल्ने वचन दिएका भएपनि ठोस परिणाम नआएको उनले बताए।

कब्जा गर्ने विरुद्ध भारतको उच्च अदालत वा सर्वाेच्च अदालतसम्म जान सकिने उनले बताए। दूतावासका राजनैतिक कन्सुलर हरि ओडारीले मन्दिर पुरानो र ऐतिहासिक भएकोले पनि यसबार खोजी गरेर संरक्षण गर्न आवश्यक भएको बताए।

नेपाली पेगोडा शैलीमा बनेको मन्दिर बनारसको ललितघाट जस्तो पवित्र तीर्थस्लमा भएकोले पनि दूतावासले विशेष चासोका साथ हेरिरहेको उनको भनाइ छ। विवाद दिल्ली दूतावाससम्म आएपछि स्थलगत अवलोकनका लागि पुगेर पृष्ठभूमि अध्ययन गरेर फर्किएको उनले बताए।

भारतमा निर्वाचनको समय भएकोले मुख्यमन्त्री योगीको व्यस्तताका कारण त्यस विवादको निर्णयात्मक छलफल गर्न नसकिएको उनले बताए।निर्वाचन पश्चात् अदातलत जाने वा राज्य सरकार स्तरबाट समाधान खोज्ने भन्ने विषयका टुंगो लाग्ने उनले बताए।गंगाको कोरिडोर सफाइ अभियान र अधिकरण भइरहे पनि घाट नजिक रहेको मन्दिरलाई अहिलेसम्म भारत सरकारले संरक्षण गरिरहेको छ। अधिकरण गर्दा त्यस क्षेत्रमा भारत सरकारले पर्याप्त मुआब्जा दिएकोले पनि बाबा बस्दै आएको मन्दिरको एक चौथाइ हिस्सा दाबी गरेर कानुनी रुपमा हक कायम गर्न खोजेका हुन्।सन् १८५० मा एक वर्ष बेलायत भ्रमण पश्चात् प्रधानमन्त्री जंगबहादुर राणा गुजरातको द्धारका हुँदै बनारस आएर उक्त घाटमा केही दिन बसेका थिए। साथै उक्त मन्दिरको दर्शन गरी धार्मिक प्रक्रियाअनुसार समुद्र पारि पुगेर आएकोले मन्दिरमा पूजाआजा गरी चोखनिध (पतिता) गरेर मात्र जंग बहादुर नेपाल फर्किएको इतिहास छ।

नेपाल लाइभ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed