कुनै बेला भारतीय सेनाका फिल्ड मार्सल सैम मानेकसाले भनेका थिए, ‘यदि कसैले मृत्युसँग डर लाग्दैन भन्छ भने उसले झुटो बोलेको छ या ऊ गोरखा हो ।’ हुन पनि गोरखा सैनिकको अदम्य साहस गाथा सदिआंैदेखि संसारभर फैलिएको छ । इमानदार, साहसी र कर्तव्यनिष्ठ गोरखा सैनिकका पहिचान हुन् । यी गुणकै कारण ब्रिटिस सरकारले नेपाली युवालाई सेनामा भर्ती गर्न थालेको हो ।
गोरखा भर्र्ती सुरुवात
१८१४–१८१६ मा ब्रिटिससँग भएको युद्धमा नेपाली सेनाले आधुनिक हतियारबाट सुसज्जित ब्रिटिस सेनासँग अदम्य साहससाथ लडे त्यसैले नेपाली सेनासँग अंग्रेज सेना हायलकायल थियो । नेपालीलाई आफ्नो सेनामा सामेल गर्ने हो भने संसार जित्न सकिने अंग्रेजको योजना बन्यो र नेपाल–ब्रिटिस युद्धको क्रममा बन्दी बनाइएका ३ हजार नेपाली सैनिकलाई समेटेर सुरुमा ब्रिटिस सरकारले सिरमुर बटालियन खडा ग¥यो । त्यसपछि नासिर बटालियन र मलाउ रेजिमेन्ट खडा ग¥यो ।
१९४७ मा भारत स्वतन्त्र हु“दा ब्रिटिस–गोरखा सैनिकका १० वटा रेजिमेन्ट थिए । ७ नोभेम्बर १९४७ मा भारत र ब्रिटिसबीच भएको सम्झौताअनुसार १० रेजिमेन्टमध्ये दोस्रो, छैटौं, सातौं र दसौं रेजिमेन्ट बेलायत लगिएको थियो ।
गोरखा भर्तीबारे नेपाल, भारत र बेलायतबीच ९ नोभेम्बर १९४७ मा सम्झौता भएको थियो । सम्झौतामा बेलायतका तर्फबाट एसीबी साइमन, भारतका तर्फबाट लेफ्टिनेन्ट कर्णेल कनवार दयासिंह बेदी र नेपालका तर्फबाट प्रधानमन्त्री पद्मशमशेर राणाले हस्ताक्षर गरेका थिए ।
गोरखा सेनाले लडेका युद्ध
ब्रिटिस र भारतीय सेनामा भर्र्ती भएका नेपाली जवानले ब्रिटिस र भारतीय गोरखा सैनिकका रूपमा दुई दर्जन बढी लडाइ“मा पौरख देखाए । ब्रिटिस सरकाका तर्फबाट गोरखा सैनिकले एक दर्जन ढी युद्धमा सहभागिता जनाए । १८८९ मा इजिप्ट, १८९० मा रसिया र मध्य एसियामा नेपालीले लडेका थिए । दुईवटा विश्वयुद्धमा सहभागिता जनाएका गोरखालीले इरान, इराक, कोसोभो, सियरालियोन, ग्रिस, इटली, जापान, जर्मनी, ककेससमा बेलायतका पक्षमा लडेका थिए ।मलेसियाको गुरिल्ला वार, सिंगापुर, इन्डोनेसिया र मलेसियाको सीमा विवाद, ब्रुनाइ विद्रोह र अर्जेन्टिनाको फकल्यान्डमा पनि गोरखालीले बेलायतका तर्फबाट युद्ध लडेका थिए । बेलायतले १२ जना गोरखालाई भिक्टोरिया क्रस उपाधि दियो ।
भारतीय गोरखा सैनिकका तर्फबाट नेपालीले १९६२ मा चीनस“ग लडेका थिए । पाकिस्तानस“ग १९६५ मा र बंगलादेश स्वतन्त्रताका बेला सन् १९७१ मा र १९९९ मा कार्गिलमा युद्ध लडेका छन् । श्रीलंकाको लिट्टे अपरेसनमा सन् १९८७ मा पनि नेपालीले युद्ध लडेका थिए । गोरखा सैनिक १९४८ मा हैदरावाद प्रहरी कारबाही, १९९९ मा कार्गिल लडाइँमा योगदान पु¥याएको भन्दै भारतको प्रसिद्ध परम वीर चक्र, अशोक चक्र, महावीर चक्रजस्ता सम्मानबाट पनि विभूषित छन् ।
गोरखा सैनिकको अवस्था
नेपालबाट २ सय वर्षदेखि ब्रिटिस तथा ७१ वर्षदेखि भारतीय सेनामा हरेक वर्ष नेपाली युवा भर्ती भइरहेका छन् । अहिले विदेशी सेनामा करिब ४४ हजार नेपाली कार्यरत छन् । हाल बेलायती सेनाको ब्रिगेड अफ गोरखाजअन्तर्गत ३ हजार ६ सय र सिंगापुर पुलिसमा करिब ४ सय नेपाली छन् भने भारतीय सेनाका ६ रेजिमेन्ट र अर्धसैनिक बल आसाम राइफल्स आदिमा करिब ४० हजार नेपाली कार्यरत छन् ।भारतीय सुरक्षाविद्ले एक वर्षअघि गरेको अध्ययनअनुसार भारतीय गोरखा रेजिमेन्ट तथा आसाम राइफलमा रहेकामध्ये ७० प्रतिशत नेपाली नागरिक छन् । भारतीय सेनाको पहिलो, तेस्रो, चौथो, पा“चौं, आठौं, नवौं र ११औं गोरखा राइफल्समा नेपाली कार्यरत छन् । यसबाहेक आसाम राइफल लगायतका अर्धसैनिक बलमा पनि करिब २० हजार गोरखा सैनिक कार्यरत छन् । भारतले नेपालीलाई भारतीय सेनासरह सबै सेवा–सुविधा दिएको छ । तर, ब्रिटिस सरकारले ब्रिटिस गोर्खा सैनिकलाई अझै पनि भेदभाव गरिरहेको छ ।
गोरखा सैनिकका समस्या
नेपालमा अहिले १ लाख बढी भुपू गोरखा सैनिक छन् । भारतीय तथ्यांकअनुसार ८० हजार पूर्वगोरखा सैनिक, १७ हजार अवकाशप्राप्त आसाम राइफल्सका सैनिक र ११ हजार सैनिकका विधवाले नेपालमा पेन्सन बुझिरहेका छन् । भारतले नेपालीलाई भारतीय सेनासरह सबै सेवासुविधा दिए पनि भारतीय भूपू गोर्खा सैनिकहरूले भने भारतीय भूपू सैनिकले जस्तो सेवा सुविधा प्राप्त गर्न सकेका छैनन् । अझ भूपू सैनिकका विधवाले निकै सास्ती बेहोर्नु परिरहेको छ । अहिले पनि थुप्रै भूपू भारतीय गोर्खा सैनिकका विधवाले पेन्सन पाउन सकेका छैनन् ।
फाइल लिएर कहिले यो अफिस त कहिले त्यो अफिस दौडि“दा दौडि“दा कतिपय वृद्धा भइसकेका छन् भने कतिपय पेन्सन नपाई मरिसकेका छन् । भारतीय भूपू गोर्खा सैनिकको यस समस्याप्रति भारत सरकारले ठोस कदम चाल्न आवश्यक छ । भारतीय भूपू गोर्खा सैनिकको स्वास्थ्य सेवाका समस्या, जीवनयापनका समस्या तुथा सुलभ तरिकाले पेन्सन उपलब्ध गराउने विषयमा भारत सरकारले धेरै काम गर्न बा“की छ ।पेन्सन क्याम्प वा सम्बन्धित कार्यालयमा भूपू गोर्खा सैनिकहरूलाई भेडाबाख्राको जस्तो व्यवहार गरिएको देखिन्छ । कतिपय कर्मचारीहरूको व्यवहार निकै निन्दनीय छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ । त्यस्तै, आसाम राइफल्सका थुप्रै भूपू सैनिकले गोरखा राइफल्सबाट अवकाश पाएसरह सेवा सुविधा र निवृत्तिभरण पाउन सकेका छैनन् । यो भेदभाव किन भएको छ ?राजधानी डेली
Views: 0