गुल्मीमा फैलिएको झाडापखाला नियन्त्रणमा आएन , १ सय ५० बढि बिरामी

२०७६ बैशाख १४, शनिबार ०८:१७ गते २०७६ बैशाख १४, शनिबार ०८:१७ गते २०७६ बैशाख १४, शनिबार ०८:१७ गते

विगत ३ दिनदेखि गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४, दजाकोटमा फैलिएको झाडापखाला नियन्त्रण भएको छैन । बुधवारदेखि फैलिएको झाडापखालाबाट शुक्रवार सम्म दजाकोट गाउँका एक सय ५० जना भन्दा धेरै व्यक्ति विरामी भएका छन् ।झाडापखालाले सिंगो गाउँमा नै महामारीको रुप लिएको हो । स्थानीय नुरखोला खानेपानी योजनाको पानी प्रयोग गर्ने दजाकोट गाउँका ८५ घरपरिवारका सबै व्यक्तिहरुमा झाडापखाला लागेको छ ।स्थानीय हरी छन्तेलले झाडापखालाबाट अहिलेसम्म १ सय ५० जनाभन्दा बढी विरामी परेको जानकारी दिए । विरामीहरुको स्थानीय स्वास्थ्य चौकी, जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ ।

स्थानीय फुलकुमारी सिंजालीको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । सिंगो गाउँभरी नै विरामी बढ्दै गएपछि स्वास्थ्य चौकीमा ठाउँ नपुगेपछि विद्यालयमा राखेर उपचार गरिएको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीसँगै जिल्ला अस्पतालबाट समेत स्वास्थ्यकर्मीहरु गाउंमै पुगेर विरामीहरुको उपचार गरेका छन् । दजाकोटमा झण्डै ५ किलोमिटर टाढाको ट्याङ्कीमार्फत वितरण गरिएको पानी प्रयोगका कारण स्थानीय बिरामी परेका हुन् ।उक्त खानेपानीमा २ गाउँविच लामो समयदेखि विवाद रहेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए । नुरखोला खानेपानीमा लामो समयदेखि केही विवाद समेत रहेको थियो । प्रमुख सापकोटाले भन्छन ‘दूषितपानीकै कारण हो या अन्य केही भन्ने छानविन र परिक्षण भैरहेको छ ।’खानेपानीको विषयमा दजाकोटवासीहरुको केही शंका उत्पन्न भएकाले पानी परिक्षणको लागि पाल्पा पठाइएको प्रमुख सापकोटाले बताए । नुरखोलाको पानी प्रयोग गर्ने अधिकांशमा टाउको दुख्ने, रिंगटा लाग्ने र केही छिनमा ज्वरोसँगै झाडापखाला लाग्ने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।२०७३ साल वैशाख १८ गते वनमा लागेको डढेलो गाउँमा सल्किएर ५७ घर ध्वस्त भएको दजाकोट गाउंमा फेरी झाडापखालाको महामारी फैलिएको हो । आगलागीबाट सिंगो गाउंनै खरानी भएपछि पुनर्निर्माण हुन नपाउंदै झाडापखालाको महामारी फैलिएपछि स्थानीय दुःखी भएका छन् ।सेतोपाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *