मध्यपश्चिमद्वारा लालिगुराँस क्रिकेट एकेडेमी पराजित

२०७६ बैशाख १५, आईतवार १३:३१ गते २०७६ बैशाख १५, आईतवार १३:३१ गते २०७६ बैशाख १५, आईतवार १३:३१ गते

सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग–२ अन्तर्गत आइतबार भएको खेलमा मध्यपश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ ।११२ रनको लक्ष्य मध्यपश्चिमले १६.१ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । मध्यपश्चिमको जितमा शैलेन्द्र यादवले अविजित ५३ रन तथा विशाल गुप्तले अविजित ४५ र बनाए ।टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । लालीगुँरासका लागि प्रकाश पटेलले सर्वाधिक ३० तथा धनुष थापाले १८ रन बनाएका थिए । मध्यपश्चिमका लागि आकाश विष्ट र अजय साहनीले समान ३–३ विकेट लिए। समूह ‘ए’ अन्तर्गत प्रतियोगितामा दोस्रो खेल खेल्दा मध्यपश्चिमको पहिलो जित हो । लालीगुराँसले भने अहिलेसम्म खेलेका सबै ३ वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ । समूहको शीर्ष स्थानमा रहेको कर्णाली ११ ले दुई खेलमा जित हात पारेको छ भने आर्मीले १ खेलमा जित हात पारेको छ ।अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *