गुल्मीमा झाडापखालाबाट १ जनाको मृत्यु, १७० जना बिरामी

२०७६ बैशाख १५, आईतवार १४:०८ गते २०७६ बैशाख १५, आईतवार १४:०८ गते २०७६ बैशाख १५, आईतवार १४:०८ गते

झाडापखलाबाट प्रभावित गुल्मीको नजाकोटमा १ जनाको ज्यान भएको छ । मुसिकोट नगरपालिकावडा–४, दजाकोटका १२ वर्षीय रेशम सिंजालीको झाडापखालाका कारण मृत्यु भएको हो ।झाडा पखलबाट बिरामी परेका सिंजाली घरमै रहेको बेला मृत्यु भएको स्थानीय हरि छन्तेलले जानकारी दिए ।दजाकोटको सिंगो बस्तीका बासिन्दा नै झाडापखालाबाट बिरामी परेका छन् । आइतबार बिहानसम्म करिब १ सय ७० जना बिरामी परेको स्थानीयले जनाएका छन् ।बिरामीमध्ये ६ जनाको गुल्मी अस्पताल तम्घास र ३ जनाको रेसुङ्गा अस्पताल तम्घासमा उपचार भइरहेको छ । गुल्मी तथा पाल्पाको अस्पतालमा उपचार सम्भव नभएपछि १ जनालाई चितवन लगिएको छ । गुल्मी अस्पतालमा उपचारत मध्ये २ जना निको भएर घर फर्किएको जिल्ला अस्ताल गुल्मीका प्रमुख उत्तम पच्याले बताए । अन्य केही व्यक्तिको सोही ठाउँमा संचालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको छ ।

प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोली

यसैबीच, सिङ्गो गाउँ नैै झाडापखलाबाट प्रभावित बनेपछि काठमाडौंबाट विशेषज्ञ टोली अध्ययनका लागि आएको छ । गत सोमबारबाट फैलिएको झाडापखालाको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको समन्वयमा ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली गुल्मी आइपुगेको हो । डक्टरसहितको टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । शनिबार साँझबाट प्रभावित क्षेत्र पुगेर पानीको मुहान परिक्षण गरिने गुल्मी अस्पताल प्रमुख उत्तम पच्याले बताए ।गुल्मी अस्पतालमा उपचारत ५ जनाको दिसा परीक्षणमा हैजाको किटाणु नदेखिएको र दूषित पानीमा परजीवी फैलिएकाले झाडापखला हुनसक्ने डक्टर पच्चाले बताए । झाडापखालाले बिहीबार र शुक्रबारको तुलनामा बिरामी घट्दै गए पनि उपचार गराएर घर फर्केकाहरु पुनः समस्या दोहोरिएर आउने गरेका छन् ।प्रत्येक घरलाई एक कार्टुनका दरले बोतलको पानी उपलब्ध गराएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । प्रभावित बस्तीमा सरसफाइसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *