श्वचर्चित खेलाडी तथा युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब करिअरमा ६०० गोल पूरा गरेका छन् ।शनिबार राति इटालियन सिरि ‘ए’ अन्तर्गत इन्टर मिलानविरुद्ध गोल गरेसँगै पोर्चुगाली खेलाडी रोनाल्डोले आफ्नो क्लब करिअरमा ६०० गोल पूरा गरेका हुन् ।यसअघि नै लिग च्याम्पियन बने पनि युभेन्टसले इन्टर मिलानसँग भने १–१ गोलको बराबरी खेलको छ । रोनाल्डोकै गोलको मद्दतमा युभेन्टसले हार टारेको छ । खेलको सातौं मिनेटमा इन्टर मिलानले अग्रता बनाएको थियो । तर, खेलको ६२औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्टसले खेल बराबरीमा सकेको हो ।क्लब करिअरमा रोनाल्डो लियोनल मेस्सीभन्दा पनि बढी गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीले आफ्नो क्लब करिअरमा ५९८ गोल गरेका छन् ।अनलाइन खबर
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0