प्रधानमन्त्रीको निर्देशनमा चल्यो खुलामञ्चमा डोजर !

२०७६ बैशाख १५, आईतवार १४:१८ गते २०७६ बैशाख १५, आईतवार १४:१८ गते २०७६ बैशाख १५, आईतवार १४:१८ गते

खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटरहरुमा शनिबार डोजर चल्यो । जस्ताले बारेर बसाइएका सटरमा डोजर लगाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य दलबलसहित पुगेका थिए ।उनी सबै टहरा भत्काइसकेपछि मात्र फर्किए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सुरुमा केहीबेर देखिएपनि अन्तै कार्यक्रम छ भन्दै हिँडेका थिए ।उपमेयर हरिप्रभा खड्की टहरा भइत्काइसक्दा पुगेकी थिइन् । मेयर शाक्यले शुक्रबार मात्र खड्कीलाई खुलामञ्चबारे अनुगमन गरेर रिपोर्ट पेश गर्न पत्र दिएका थिए ।खड्कीका अनुसार उनले आइतबार यसबारे छलफल राखेकी थिइन् । तर, त्यसको अघिल्लो दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा डोजर चलाइएको छ ।मेयर शाक्य अन्तै कार्यक्रम छ भनेर जानुले पनि डोजर चलाउने उनको निर्देशन होइन भन्ने प्रष्ट भएको छ । त्यसलाई पुष्टि गर्दै उपमेयर खड्कीले भनिन्, ‘माथिबाट आदेश आएपछि डोजर चलाएको जानकारीमा आएको छ ।’खड्कीका अनुसार उनी एक कार्यक्रममा सहभागी हुन पात्लेवन पुगेकी थिइन् । जब खुलामञ्चमा डोजर चल्यो, त्यसपछि उनले खबर पाइन् । उनी आइपुग्दा टहरा भत्किसकेको थियो । ‘म त पात्लेवनमा एउटा कार्यक्रममा थिएँ,’ उनले भने, ‘मलाई यहाँ सटर भत्काइँदै छ भन्ने जानकारी नै थिएन ।’काठमाडौंका प्रजिअ आचार्यले पनि माथिको आदेशमा महानगरसँग मिलेर डोजर चलाएको प्रतिक्रिया दिए ।

भीमसेन दासले दिए धन्यवाद
यसैबीच नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका कारण खुल्ला मञ्चका सटर हटाइएको भन्दै धन्यवाद दिएका छन् ।खुलामञ्च संरक्षणको माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका प्रधान मेयर विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए । टहरा नहटाए थप आन्दोलन गर्ने उनको चेतावनी थियो ।शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै उनले भने, ‘सार्वजनिक सम्पत्ति जोगाउन सबै लाग्नुपर्छ । भूमाफीयाहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *